यी हुन् नेपाल हाइड्रो डेभलपरको आईपीओ पाउने ३६ हजार २७० जना (सुचीसहित)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 15, 2017 | 11:04:21 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल हाइड्रो डेभलपरको आईपीओ ३६ हजार २७० जनाले मात्र हात पारेका छन। बिक्री प्रबन्धक एनएमबि क्यापिटल कार्यालयमा नेपाल हाइड्रो डेभलपरको गोलाप्रथाबाट बाँडफाँड भएको हो। 

नेपाल हाइड्रो डेभलपरको निष्काशन गरेको आइपीओमा चार गुणा बढीले आबेदन परेकाले गोलाप्रथाबाट बाँडफाँड गरिएको हो। नेपाल हाइड्रोको आईपीओमा परेको कुल आबेदन मध्ये १ लाख ७१ हजार ५९२ जनाको आवेदन स्वीकृत भएको छ भने १ हजार ९०९ जनाको आबेदन रद्द भएको छ। 

कम्पनीले गत साउन २७ देखि साउन ३२ सम्म ३ लाख ९० हजार आइपीओ निष्काशन गरेको थियो। जस मध्ये ७ हजार ८०० कित्ता कर्मचारी र १९ हजार ५०० कित्ता सेयर सामुहिक लगानी कोषका लागि छुट्याइएको थियो।    

कम्पनीले गत मङ्सिरमा  दोलखाका आयोजना प्रभावित स्थानीयबासीको लागि दुई लाख ६० हजार कित्ता आईपिओ निष्काशन गरेको थियो ।कम्पनीले उक्त शेयर बाँडफाँड गरिसकेको छ।सर्वसाधरणलाई सेयर निष्काशन गरे पश्चात कम्पनीको चुक्ता पूँजी २६ करोड रुपैंया पुग्नेछ । कम्पनीले दोलखामा ३.५२ मेगावाटको चर्नावति जलविद्युत आयोजना निर्माण सम्पन्न गरी नियमित रुपमा विद्युत बिक्री गर्दै आएको  छ  । 

हेर्नुस नतिजा । 

तलको PDF बक्समा क्लिक गरी CTRL F थिचेर सर्च बक्समा आफ्नो नाम लेखेर खोज्नुहोला  । 




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved