इन्भेष्टमेन्ट बैंकको लाभांश प्रकरणमा मुछिएपछी सुचिकृत कम्पनीलाई नेप्सेले दियो कडा निर्देशन

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 15, 2017 | 12:34:01 PM मा प्रकाशित

laxmi  sunrise bank

अबदेखि नेपाल स्टक एक्सचेन्जमा सुचिकृत कम्पनीहरुले नेप्सेले दिएको खाकामा नै सूचना सम्प्रेषण गर्नु पर्ने भएको छ। बिशेषगरी धितोपत्र बजार मुल्यमा प्रभाब पार्ने सूचना सम्प्रेषण गर्दा नेप्सेले दिएको खाकामा नै सूचना प्रवाह गर्न सुचिकृत कम्पनीहरुलाई नेप्सेले निर्देशन दिएको हो। 

नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश सम्बन्धी सूचना सम्प्रेषणका कारण नियमन निकाय नेपाल धितोपत्र बोर्डको स्पष्टीकरणमा परे पश्चात नेप्सेले सम्बन्धित कम्पनीका प्रमुख कार्यकारी अधिकृत र कम्पनी सचिबका लागि यस्तो निर्देशन जारी गरेको हो। 

नेप्सेमा सुचिकृत कतिपय कम्पनीले सूचना प्रवाह गर्दा दिएको अपष्ट र अपूर्ण सूचनाका कारण लगानीकर्ता अन्यौलमा परेको नेप्सेको बुझाई छ। त्यहि कारण अबदेखि सुचिकृत कम्पनीहरुले बुक क्लोज सम्बन्धी सूचना नेप्सेमा पठाउँदा नेप्सेले तयार गरेको खाकामा नै पठाउनु पर्नेछ। साथै बार्षिक साधारणसभा प्रयोजनका लागि प्रकाशित सूचनाको प्रतिलिपी समेत पत्रसाथ अनिवार्य संलग्न गरी नेप्सेमा पठाउनु पर्नेछ। 

नेपाल इन्भेष्टमेन्ट बैंकले लाभांश सम्बन्धि सम्प्रेषण गरेको 'टाइपिङ मिस्टेक' मा नेप्सेको समेत कमजोरी रहेको निष्कर्ष निकाल्दै धितोपत्र बोर्डले नेप्सेलाई समेत स्पष्टिकरण सोधेको थियो। नेपाल इन्भेष्टमेन्ट बैंकको भदौ २१ गतेको सेयर कारोबार रद्द गर्न निर्देशन दिंदै बोर्डले नेप्सेलाई ७ दिनभित्र  स्पष्टीकरण दिन आदेश दिएको थियो। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved