साताको नेप्से : ५५ प्रतिशतले बढ्यो कारोबार रकम, ६८ लाख कित्ता शेयर किनबेच

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 15, 2017 | 12:52:52 PM मा प्रकाशित

laxmi  sunrise bank

यस साता नेपाल स्टक एक्सचेन्जमा १७७ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार ३५८४४ कारोबारबाट तिन अर्ब ६१ करोड ५७ लाख १७ हजार रुपैयाँ बराबरका ६८ लाख चार हजार एक सय ६० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् ।

कारोबार रकम गत साताको भन्दा ५५.८० प्रतिशत बढी हो । गत साता १७१ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार २४९८० कारोबारबाट दुई अर्ब ३२ करोड सात लाख ३३ हजार रुपैयाँ बराबरका ४३ लाख ७७ हजार तिन सय ७० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १०.६५ अंकले बढेर अन्तिम दिन १५३०.३१ अंकमा पुगेको छ । 

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा १.५ अंकले बढेर ३२०.७३ अंकमा आईपुगेको छ ।


यस साता कारोबार रकम (१९ करोड १४ लाख ४० हजार रुपैयाँ) को आधारमा नविल बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या (तिन लाख ५४ हजार कित्ता) को आधारमा नेपाल बैंक कम्पनी लिमिटेड संस्थापक अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्या (१९४७ वटा) को आधारमा हिमालयन पावर पार्टनर लिमिटेड अग्रस्थानमा रहेको छ ।

कारोबार रकमका आधारमा साताका उत्कृष्ठ ५ कम्पनीहरु:




यस साता सूचिकरण तर्फ निम्न कम्पनीको शेयर सूचीकृत भएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved