अरुण भ्याली हाइड्रो पावरले १० प्रतिशत लाभांश दिने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 16, 2017 | 06:42:05 AM मा प्रकाशित

laxmi  sunrise bank

देशको पहिलो निजी क्षेत्रको जलविद्युत कम्पनी अरुणभ्याली हाइड्रो पावर लिमिटेडको २० औँ साधारणसभाले सेयर धनीलाई १० प्रतिशत लाभांश दिने निर्णय गरेको छ । 

कम्पनीको काठमाडौंमा शुक्रबार सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७३÷०७४ मा प्राप्त गरेको मुनाफाबाट लाभांश प्रदान गर्न लागेको कम्पनीका कार्यकारी अध्यक्ष रमेशप्रसाद न्यौपानेले जानकारी दिए । 

यस्तै साधारणसभाले कम्पनीका नयाँ सञ्चालकमा जीवनराज शाक्य, रमेशप्रसाद न्यौपाने, पूजा दाहाल न्यौपाने, विवेक तातेड र मिलन खड्कालाई सर्वसम्मतरुपमा चयन गरेको छ । 

२० वर्ष लामो जलविद्युतको विकासमा लागेको कम्पनीले पाँचथर याङवरक गाउँपालिकामा निर्माण भइरहेको काबेली बी–१ जलविद्युत आयोजनाको टेलरेसको पानी उपयोग गरी १० मेगावाट क्षमताको अर्धजलाशययुक्त आयोजना निर्माण सुरु गर्न लागेको छ । 

यस्तै सोलुुखुुम्बुु जिल्लाको बुुदुुम खोलाबाट ११।८ मेगावाट क्षमताको अर्को आयोजना निर्माणका लागि अध्ययन सुरु गरेको जानकारी दिइयो । यस्तै काबेली बी–१ नामक २५ मेगावाट क्षमताको अर्को आयोजना आगामी चैतभित्र सम्पन्न गरी राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने तयारी गरेको छ । 

नेपालका जलविद्युत् कम्पनीमध्ये हरेक वर्ष पहिलो वार्षिक साधारणसभा गर्ने र कम्पनीको हिसाब किताब सर्वसाधारणका लागि सार्वजनिक गर्ने पहिलो कम्पनी रहेको कार्यकारी अध्यक्ष न्यौपानेले दाबी गरे  । कम्पनीले इञ्जिनियरिङमा अध्ययनरत विद्यार्थीलाई अभ्यास अध्ययन र अध्ययनपश्चात् रोजगारीको अवसरसमेत प्रदान गरिरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved