गोर्खाज फाइनान्सको संस्थापक सेयर आजदेखि पुन: लिलाममा, सर्वसाधारणले पनि किन्न पाउने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 17, 2017 | 05:48:38 AM मा प्रकाशित

laxmi  sunrise bank

गोर्खाज फाइनान्सले हकप्रदमा अवितरित सस्थापक सेयर पुन: लिलाम मार्फत बिक्रि गर्ने भएको छ। फाइनान्सले असोज ४ देखि चार लाख २४ हजार ४२० कित्ता संस्थापक सेयर लिलाम बढाबढ मार्फत बिक्री गर्न लागेको हो। 

फाइनान्सले यस अघि लिलाममा राखेको ९ लाख ७ हजार कित्ता संस्थापक सेयर मध्ये आबेदन नपरेको ४ लाख २४ हजार ४२० कित्ता संस्थापक सेयर लिलाममा राखिएको हो। यस पटक लिलाममा राखिएको संस्थापक सेयरमा जो कोहिले पनि आबेदन दिन सक्नेछन। 

इच्छुक बोलकबोल दाताले असोज ४ देखि असोज २२ गतेसम्म बिक्री प्रबन्धक एनआईबिएल क्यापिटलको कार्यालय लाजिम्पाटमा आइपुग्ने गरि आबेदन दिनुपर्नेछ। असोज २३ गते बिहान १० बजे एनआइबीएल क्यापिटल कार्यालयमा खोलिनेछ।  


इच्छुक बोलकबोल दाताले प्रति कित्ता न्युनतम १०० रुपैयाँका दरले १० ले भाग जाने गरि न्युनतम १०० कित्ताको लागि आबेदन दिनु पर्ने छ।सबै भन्दा बढी मूल्यमा आबेदन दिनेले लिलाममा राखेको हकप्रद पाउने छन। 

इच्छुक बोलकबोल दाताले  एनआईबिएल क्यापिटल मार्केट्सको कार्यालय लाजिम्पाटबाट आवेदन लिन सक्ने छन् ।  बोलकबोल दाताले   शेयर खरिदको लागि आवश्यक रकम  कुमारी बैंकमा रहेको एनआईबिएल क्यापिटल मार्केट्सको नाममा रहेको खाता नम्बर ०१२४५२४६१५९०३०१६ मा रकम जम्मा सक्नेछन। गुड फोर पेमेन्ट मार्फत समेत आबेदन दिन सकिनेछ।। 

गोर्खाज फाइनान्सले गत आर्थिक बर्ष १३ करोड ७५ लाख खुद मुनाफा आर्जन गरेको छ। हाल गुर्खाज फाइनान्सको चुक्ता पुंजी ७६ करोड २४ लाख छ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved