दोहोरो अंकले बढ्यो सूचक, १० प्रतिशतले बढ्यो २ कम्पनीको शेयर मूल्य, नेपाल लाइफको कारोबार उच्च

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 17, 2017 | 01:23:47 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिलो दिन आज आइतबार शेयर परिसूचक नेप्से दोहोरो अंकले बढेको छ  । आज नेप्से सूचक १७.६३ अंकले बढेर १५४७.९४ को उचाईमा पुगेर रोकिएको छ  । आज कारोबारमा आएका १५९ कम्पनीका १६ लाख ५४ हजार ४ सय ८२ कित्ता शेयर खरिद बिक्रिबाट ७७ करोड ८० लाख ९९ हजार ४ सय ३५ रुपियाँको कारोबार भएको छ  

आज नेपाल लाइफ इन्स्योरेन्सको संस्थापक शेयर सबै भन्दा धेरै १७ करोड ८५ लाख बराबरको कारोबार भएको छ  । अन्य बढी कारोबार हुनेमा नेपाल लाइफ इन्स्योरेन्स, कृषि विकास बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, एसियन लाइफ इन्स्योरेन्स, स्ट्याण्डर्ड चार्टर्ड बैंक लगायत रहेका छन्  ।

आज कारोबारमा आएका समुहगत सूचक मध्ये होटेल र अन्य समुह बाहेकका सबै सूचक बढेका छन्  । 

आज बिशाल बजार कम्पनी र प्रोग्रेशिभ फाइनान्सको शेयर मूल्य १० प्रतिशतले बढेको छ भने मिथिला लघुवित्तका लगानीकर्ताले धेरै गुमाएका छन्  ।

यस्ता छन् आज सर्बाधिक कमाउने कम्पनीहरु : 



यस्ता छन् आज सर्बाधिक गुमाउने कम्पनीहरु :







Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved