२५० प्रतिशत हकप्रद निष्काशन गर्न बाध्य भएपछि अनुमति माग्दै बोर्ड पुग्यो सहारा विकास बैंक

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 18, 2017 | 09:40:44 AM मा प्रकाशित

laxmi  sunrise bank

हकप्रद निष्काशनको अनुमति माग्दै सहारा विकास बैंकले धितोपत्र बोर्डमा आवेदन दिएको छ । बैंकले १:२.५ को अनुपातमा २५० प्रतिशत हकप्रद निष्काशनको अनुमति मागेको थियो ।

अब बैंकले १८ करोड २४ लाख ८७ हजार रुपियाँको १८ लाख २४ हजार ८७ हजार कित्ता हकप्रद निष्काशन गर्ने छ । हकप्रद निष्काशनको लागि एनआईबिएल क्यापिटल मार्केट्स बिक्रि प्रबन्धक रहेको छ ।

  बैंकको छैठौ साधारणसभाले २५० प्रतिशत हकप्रद प्रस्ताव गरेको थियो । तर बैंकले पछि हकप्रद प्रस्ताव रद्द गर्नको लागि बिशेष साधारसभा बोलाएको थियो । धितोपत्र बोर्डको निर्देशनपछि हकप्रद जारी गर्ने निर्णयलाई पन्छाउदै देब बिकास बैंकको सहारा रोज्न पुगेको सहारा बिकास बैंकलाई रद्द गरिएको हकप्रद फेरी जारी गर्ने बाध्यतामा आइपरेको हो।  

यस अघि नेपाल स्टक एक्सचेन्जमा सुचिकृत आधा दर्जन भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरुले हकप्रद जारी गर्ने निर्णयबाट पछी हट्दा बजारमा नकारात्मक संदेश गएकाले बोर्डले कडाई गरेको हो। नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी पुर्याउन सुरुमा हकप्रद निष्काशनको घोषणा गर्ने र पछि आफैले गरेको निर्णयबाट पछी हट्ने प्रवृतिले लगानीकर्ता मारमा परेकाले बोर्डले अब आइन्दा यस्तो हुन नदिन कडाई गरेको हो। 

 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved