हकप्रद निष्काशनको लागि नेपाल कम्यूनिटी डेभलपमेण्ट बैंकको बुक क्लोज मिति तय

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 18, 2017 | 09:54:46 AM मा प्रकाशित

laxmi  sunrise bank

हकप्रद निष्काशन प्रयोजनको लागि नेपाल कम्यूनिटी डेभलपमेण्ट बैंक लि.ले बुक क्लोज मिति तय गरेको छ  । बैंकले हकप्रद निष्काशन प्रयोजनार्थ असोज १८ गते बुक क्लोज गर्ने निर्णय गरेको हो  । असोज १७ सम्म कायम शेयरधनीले हकप्रद भर्न सक्ने छन्  ।

  नेपाल कम्यूनिटीे डेभलपमेण्ट बैंक लि.को १ शेयर बराबर नयाँ १.२ (१ः१.२) शेयरको अनुपातमा १२० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो  । हकप्रद निष्काशनको लागि एनआईबिएल क्यापिटल मार्केटस् लिमिटेड  बिक्री प्रबन्धक रहेको छ ।

 बैंकले प्रति शेयर मूल्य रु १०० अंकित दरको २६ लाख ४३ हजार ५ सय ३८ दशमलव ८० कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

बैंककोे हाल कायम चुक्ता पुँजी रु २२ करोड २ लाख ९४ हजार ९ सय  रहेकोमा हकप्रद शेयर निष्काशन पश्चात् कुल चुक्ता पुँजी  ४८ करोड ४६ लाख ४८ हजार ७ सय ८० पुग्ने जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved