सेयर बजारको इतिहासमै 'नौलो घटना', सय रुपैयाँमा नै बिक्यो एभरेष्ट बैंकको सेयर

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 18, 2017 | 12:28:00 PM मा प्रकाशित

laxmi  sunrise bank

एभरेष्ट बैंकको हकप्रदमा अवितरित सेयरमा परेको आवेदन आज खोलिएको छ। बिक्रि प्रबन्धक एनआइबिएल क्यापिटल कार्यालय लाजिम्पाटमा आज बिहान १० बजे लिलाममा राखिएका शेयर खरिदको लागि परेको आवेदन खोलिएको हो। जहाँ लिलाम बढाबढमा प्रति कित्ता १०० रुपैयाँमा बोल कबोल गरेकाले समेत एभरेष्ट बैंकको सेयर पाएका छन।

साधारण सेयरको लिलाममा १०० रुपैयाँ कबुल गरेकाले समेत एभरेष्ट बैंकको सेयर पाएका छन। जसमा सर्वाधिक १३०० रुपैयाँमा आबेदन परेको थियो। आज नेप्सेमा एभरेष्ट बैंकको सेयर प्रति कित्ता १२५० रुपैयाँमा कारोबार भएको छ।  

बिजपाटीलाई प्राप्त जानकारी अनुसार एभरेष्ट बैंकले लिलाम बढाबढ मार्फत बिक्रीमा राखेको २ लाख ५३ हजार ७ सय ९७ कित्ता साधारण शेयरमा करिब ३५ हजार कित्तामा आबेदन परेको छैन। उक्त सेयर पुन: लिलाम मार्फत बिक्रिमा गरिने एनआईबिएल क्यापिटलले जनाएको छ।

बैंकले असार १८ देखि साउन २२ गतेसम्म ३३.३३ प्रतिशत हकप्रद निष्काशन गरेकोमा अवितरित करिब १.६ प्रतिशत सेयर लिलाम बढाबढ मार्फत भदौ २५ देखि असोज १ सम्मका लागि बिक्री खुला गरेको थियो।  

बैंकले गत आर्थिक बर्ष १ अर्ब ९८ करोड ६९ लाख ८ हजार रुपैयाँ खुद मुनाफा गरेको छ। बैंकको जगेडा कोषमा ५ अर्ब ८८ करोड ३७ लाख ५९ हजार रहेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved