एभरेष्ट बैंकको लिलामको सेयरमा किन झुक्किए लगानीकर्ता ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 19, 2017 | 12:17:43 PM मा प्रकाशित

laxmi  sunrise bank

बजारमा कारोबार भएको मुल्य भन्दा महँगोमा सेयर लिलाम मार्फत विभिन्न कम्पनीका सेयर सकारेका लगानीकर्ताहरु एभरेष्ट बैंकको लिलामको सेयरमा 'नमज्जा' ले झुक्कीएका छन।

एभरेष्ट बैंकले असार १८ देखि साउन २२ गतेसम्म ३३.३३ प्रतिशत हकप्रद निष्काशन गरेकोमा अवितरित दुई लाख ५३ हजार ७९७ कित्ता सेयर लिलाम बढाबढ मार्फत भदौ २५ देखि असोज १ सम्मका लागि बिक्री खुला गरेको थियो। जहाँ बिक्रि प्रबन्धक एनआईबिएल क्यापिटल कार्यालयमा  असोज २ गते खोलिएको सिलबन्दी बोलपत्रमा १०० रुपैयाँमा मुल्य कबुल्नेले समेत एभरेष्ट बैंकको सेयर पाएका छन।

३५ देखि ४० हजार कित्ता हाराहारीका लागि आबेदन नपरेको बिक्रि प्रबन्धक एनआईबिएल क्यापिटलले जानकारी दिएको छ। सेयर आबेदन गरेकाहरुको विवरण रुजु गरी आबेदन नपरेको सेयर संख्याको यकिन तथ्यांक भने आईनसकेको क्यापिटलले बताएको छ। 

लिलाम बढाबढ मार्फत बिक्रीमा राखिएको सेयर भन्दा कम आबेदन परेकाले बजार मुल्य भन्दा अत्यधिक सस्तोमा हात लाग्ने अवस्था आएको क्यापिटलले जनाएको छ। 

किन झुक्किए लगानीकर्ता

एभरेष्ट बैंकको सेयर आइपीओकै मुल्यमा लिलाम हुँदा अनेक आशंका गरिएपनि 'च्याँखे' थाप्ने लगानीकर्ताको भाग्य बलियो हुँदा पुंजीबजारमा अहिले सम्म कै नौलो घटना हुन गएको जानकार बताउँछन। 

यस अघि सेयर लिलाम मार्फत सेयर सकार्दा अधिकांश लगानीकर्ताले नोक्सानी बेहोर्नु परेकाले एभरेष्ट बैंकको लिलामको सेयरमा त्यसको प्रभाब परेको छ। लिलामको सेयरमा तल हाले नपर्ने, बजार मुल्य भन्दा केहि प्रतिशतले घटेर हाल्दा सकारेको सेयर सुचिकृत भएर डिम्याट खातामा आइपुग्दा दोस्रो बजार भन्दा पनि महँगो हुने भएकाले पछिल्लो पटक विभिन्न कम्पनीको सेयर लिलाममा लगानिकर्ताको रुची घटेको देखिन्छ। त्यसैको उदाहरण हो एभरेष्ट बैंक।

यस अघि नेपाल बंगलादेश बैंकको लिलामको सेयर सकार्नेले पनि नोक्सानी बेहोरेका छन। गत असार २३ मा नेपाल बंगलादेश बैंकको सिलबन्दी बोलपत्र खोलिदा कट अफ मुल्य प्रति कित्ता ३६८ रुपैयाँ थियो र अधिकतम ४१५ रुपैयाँमा लगानिकर्ताले लिलामको सेयर पाए। तर उक्त सेयर सुचिकृत भएर खातामा आउँदासम्म दोस्रो बजारमा त्यसको मुल्य कट अफ मुल्य भन्दा तल आइपुगेको थियो। यस्ता कयौं उदाहरण छन जसले लगानीकर्तालाई लिलामको सेयरमा आबेदन दिनबाट निरुत्साहित बनाएको छ।  

नियमन निकाय नेपाल धितोपत्र बोर्डले लिलामको सेयर सम्बन्धमा स्पष्ट कानुनि व्यवस्था गर्न नसकेकाले पनि लिलामको सेयरमा लगानीकर्ताको रुची घटेको हो। एका तर्फ राजधानी बाहिरका लगानीकर्तालाई लिलामको सेयरमा सहभागी हुन गाह्रो अवस्था छ। अर्को तर्फ लिलाम मार्फत सकारेको सेयर कति दिनमा सुचिकृत हुने हो त्यसको कुनै ठेगान छैन। यस प्रकारको अन्यौलले पनि लिलामको सेयरमा लगानीकर्ताको रुची सुस्त गतिमा घट्दै गएको छ। 

  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved