किसान माइक्रोफाइनान्सको हकप्रद बिक्रि खुला, कहाँ दिने आवेदन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 20, 2017 | 08:38:01 AM मा प्रकाशित

laxmi  sunrise bank

किसान माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले आज असोज ४ गतेदेखि हकप्रद बिक्रि खुला गरेको छ   । कम्पनीले १००:२४.२२ को अनुपातमा २४.२२ प्रतिशत हकप्रद निष्काशन गरेको हो ।  कम्पनीले १०० रुपियाँ अंकित ७८ हजार कित्ता शेयर निष्काशन गरेको छ  ।  हकप्रद निष्काशनको लागि सिभिल क्यापिटल मार्केट्स बिक्रि प्रबन्धक रहेको छ  । 

  हकप्रद निष्काशन प्रयोजनार्थ कम्पनीले भदौ ११ गतेदेखि भदौ १९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको थियो। भदौ ८ गतेसम्म कायम शेयरधनीले हकप्रद खरिद गर्न सक्ने छन् । लगानीकर्ताले कार्तिक ४ गतेसम्म हकप्रद भर्न सक्ने छन् ।

लगानीकर्ताले बिक्रि प्रबन्धक सिभिल क्यापिटलको कार्यालय सुन्धारा, किसान माइक्रोफाइनान्सको सम्पूर्ण शाखा कार्यालयहरु र सिभिल बैंकको बिराटनगर, बिरगंज, नारायणगढ, पोखरा बुटवल तथा नेपालगंज शाखाहरुबाट आवेदन दिन सक्ने छन् 

कम्पनीले गत आर्थिक बर्षको तेस्रो त्रैमासमा १ करोड २९ लाख खुद नाफा कमाएको थियो  । हाल कम्पनीको चुक्ता पुंजी ३ करोड २२ लाख रहेकोमा हकप्रद निष्काशनपछि चुक्ता पुंजी ४ करोड पुग्ने छ  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved