यस्ता छन् पुँजीबजार सुधारका लागि लगानीकर्ताले अर्थ राज्यमन्त्री समक्ष राखेका ९ माग

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 20, 2017 | 10:27:01 AM मा प्रकाशित

laxmi  sunrise bank

सेयर लगानीकर्ता संघले अर्थ राज्यमन्त्री उदयशमशेर राणालाई भेटेर पुंजीबजारको वर्तमान अवस्था र सुधारका लागि अगाडी बढाउनु पर्ने काम कारबाहीबारे ज्ञापनपत्र बुझाएको छ। संघले अँनलाईन कारोबार सिघ्र कार्यान्वयन गर्नुपर्ने लगायतका बजार सुधारका विभिन्न ९ मागहरु उल्लेख गर्दै अर्थ राज्यमन्त्री राणालाई ज्ञापन पत्र बुझाएको हो।

बजार सुधारका काम कारवाहि निकै सुस्त गतीमा अघि बढेको र पुंजी बजार विकास तथा बिस्तारका लागि सरकारले तत्काल चाल्नुपर्ने कदमका बारेमा अर्थ राज्यमन्त्रीलाई भेटेर जानकारी गराइएको संघका उपाध्यक्ष तारा प्रसाद फुल्लेलले बिजपाटीलाई जानकारी दिए।

संघले पेश गरेको ज्ञापनपत्रमा पुँँजी बजारलाई उत्पादनशील क्षेत्र घोषणा गर्नुपर्ने, सेयर कर्जामा मूल्यांकनको ७० प्रतिशतसम्म ऋण दिनुपर्ने, बैंक तथा वित्तीय संस्थाले आफ्नो प्राथमिक पुँजीको १००% नै कर्जा लगानी गर्न पाउनु पर्ने, विदेशमा बस्ने नेपालीहरुलाई पनि पुंजीबजारमा भित्रयाउन तुरुन्त आवश्यक कारबाही अगाडी बढाउनुपर्ने लगायतका मागहरु उल्लेख छ। अर्थ राज्यमन्त्री राणाले संघको माग पुँजी बजार विकास तथा बिस्तारमा केन्द्रित भएकाले तत्काल काम अघि बढाउन आफुले सक्दो पहल गर्ने आश्वासन दिएका थिए । 

यस्ता छन् माग । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved