प्रभु इन्स्योरेन्सले गर्यो लाभांश घोषणा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 20, 2017 | 10:50:28 AM मा प्रकाशित

laxmi  sunrise bank

 प्रभु इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको असोज २ गते बसेको संचालक समितिको बैठकले गत  आर्थिक बर्षको मुनाफाबाट १९.२० प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गरेको नेपाल स्टक एक्सचेन्ज मार्फत कम्पनीले जनाएको छ।

बैठकले हाल कायम चुक्ता पुंजीको १९.२० प्रतिशतले हुन् आउने ११ करोड ८ लाख ८४ हजार ५ सय ३९ बराबरको बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनको लागि ५८ लाख ३६ हजार २८ रुपियाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव बिमा समितिले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । बिजपाटी डटकमले प्रभु इन्स्योरेन्सले गत आर्थिक बर्षको कमाइबाट  २० प्रतिशत बोनस सेयर दिने प्रक्षेपण गरेको थियो। EXCLUSIVE REPORT: १५ निर्जिबन बिमा कम्पनी मध्ये कुन कम्पनीको लाभांश क्षमता कति ?




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved