बिशेष साधारणसभा प्रयोजनको लागि मन्जुश्री फाइनान्सको बुक क्लोज मिति तय

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 20, 2017 | 12:42:36 PM मा प्रकाशित

laxmi  sunrise bank

मन्जुश्री फाइनान्सले बिशेष साधारणसभा प्रयोजनको लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले असोज २५ गते बिशेष साधारणसभा डाकेको छ । 

साधारणसभामा हकप्रद प्रस्ताव पेश हुने छ   फाइनान्सले १०० बराबर ५ कित्ता अर्थात ५ प्रतिशतका दरले हकप्रद बिक्री गर्ने प्रस्ताब गरेको हो। 

५ प्रतिशत हकप्रद बिक्री तथा वितरण पश्चात फाइनान्सको चुक्ता पुंजी ७६ करोड ५ लाख पुग्नेछ। हाल फाइनान्सको चुक्ता पुंजी ७२ करोड ४३ लाख छ। फाइनान्सले गत आर्थिक बर्ष ६ करोड ४२ लाख खुद मुनाफा आर्जन गरेको छ।

बिशेष साधारणसभा प्रयोजनको लागि फाइनान्सले असोज ९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। असोज ८ गतेसम्म कायम शेयरधनीले साधारणसभामा भाग लिन सक्ने छन् । 

साधारणसभाले हकप्रद प्रस्ताव पारित गरेपछि धितोपत्र बोर्डले अनुमति दिएपछि हकप्रदको लागि अर्को बुक क्लोज मिति तय हुनेछ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved