राष्ट्रिय बीमा संस्थानको नयाँ बीमा योजना सार्वजनिक, अर्थमन्त्रालय पुग्यो संस्थानको पुंजीवृद्धि योजना

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 21, 2017 | 04:35:11 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय बीमा संस्थानले दुई पटक दाबी भुक्तानी हुने गरी नयाँ योजना सार्वजनिक गरेको छ। संस्थानले बिहाबार राजधानीमा आयोजित एक कार्यक्रमको आयोजना गरी जीवन रहंदा पनि, जीवन रहंदा पनिको नारा सहित 'जीवन बन्धु, दोहोरो लाभ जीवन बीमा' नामक नयाँ योजना ल्याएको हो।  

यस योजना अन्तर्गत बीमितले दुई पटक बीमा दाबि गर्न पाउनेछन। सावधीक अवधि पुरा भएपछी एक पटक र बीमितको मृत्यु पश्चात निजले चाहेको ब्यक्तीले अर्को पटक गरी दुई पटक बीमितले बीमा दाबि गर्न सक्नेछ। 

असोज ५ देखि कार्यन्वयनमा ल्याइएको यस बीमा योजना ११ बर्ष उमेरदेखि ६५ बर्ष उमेरसम्म लागु हुने संस्थानका निमित्त प्रशासक सुरेन्द्र थापाले कार्यक्रममा बताए। सावधिक र आवधिक बिमा योजनाको गुण भएकाले बजार विस्तारमा सहयोग पुग्ने उनले बताए। यस योजनामा बीमा लेख लागू भएको दुई बर्षपछी धितो राखेर ९० प्रतिशतसम्म बिमितले ऋण लिन सक्नेछ।  

कार्यक्रममा संस्थानका अध्यक्ष डा. खेमराज खरेलले संस्थानमा लामो समयदेखि बाह्य लेखा परीक्षण हुन नसक्नु, आन्तरिक व्यवस्थापनमा उपयुक्त समन्वय हुन नसक्नु लगायत चुनौतीलाई चिर्दै संस्था अघि बढेको जानकारी गराए।

संस्थानका अध्यक्ष खरेलले बीमा समितिले तोकेको दुई अर्ब चुक्ता पुंजी पुर्याउन पुंजी वृद्धि योजना संचालक समितिबाट पारित गरी नेपाल सरकार अर्थ मन्त्रालयमा स्विकृतिको लागि पठाइ सकिएको कार्यक्रममा जानकारी दिए। 

  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved