रिलायबललाई प्राप्तिसंगै ग्लोबल आइएमई क्यापिटलले कार्यक्षेत्रमा व्यापक विस्तार गर्ने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 21, 2017 | 05:27:25 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आएइमई क्यापिटलले आफ्नो कार्यक्षेत्र बिस्तार गर्ने भएको छ। क्यापिटलले नेपाल धितोपत्र बोर्डले गरेको व्यवस्था अनुसार भेञ्चर क्यापिटल, प्राइभेट इक्विटी र हेज फण्ड जस्ता कोष सञ्चालन गर्ने प्रस्ताब सहित दशौँ बार्षिक साधारणसभा डाकेको हो।

नियमन निकाय नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) नियमावली २०७४ मा संसोधन मार्फत मर्चेन्ट बैंकरलाई भेन्चर क्यापिटल लगायतका कार्यक्रम संचालन गर्न पाउने व्यवस्था अनुरुप क्यापिटलले आफ्नो सेवा विस्तार गर्न लागेको जनाएको छ।    

क्यापिटलले असोज २७ गते ४ बजे जमल नाचघर स्थित कार्यालयमा बोलाएको साधारणसभामा ठुलो लगानी व्यवस्थापन गर्ने लगायतका प्रस्ताब लैजाने भएको छ। क्यापिटलका अन्य प्रस्ताबमा संगठित संस्थाको संरचना हेरफेर, मूल्याङ्कन, व्यवसायिक योजना, लोन सिण्डिकेशन, वर्किङ क्यापिटल फाइनान्सिङ, भेञ्चर क्यापिटल, प्राइभेट इक्विटी र हेज फण्ड जस्ता कोष सञ्चालन, परार्मश सेवा प्रदान गर्न लगायतको प्र्स्ताब छन। 

रिलायबल क्यापिटल प्राप्ति 

ग्लोबल आइएमई बैंकले रिलायबल डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेकाले सहायक कम्पनी रिलायबल क्यापिटल समेत ग्लोबल आइएमई बैंकको सहायक कम्पनीका रुपमा परिणत भईसकेकाले ग्लोबल आइएमई क्यापिटलले रिलायबल क्यापिटललाई विलय गर्ने प्रस्ताव गरेको छ। ग्लोबल आइएमई क्यापिटलले सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र १६।३१६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताब छ। 

साथै 

रिलायबल क्यापिटलले पनि असोज २७ गते ४ बजे चन्द्रागिरि हिल्समा साधारणसभा डाकेको छ। रिलायबल क्यापिटलले चुक्ता पुंजीको ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताब गरेको छ।   

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved