ओम डेभलपमेन्ट बैंकले असोज २३ गतेदेखि हकप्रद निष्काशन गर्ने, कहाँ दिने आवेदन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 22, 2017 | 08:53:16 AM मा प्रकाशित

laxmi  sunrise bank

ओम डेभलपमेन्ट बैंकले असोज २३ गतेदेखि हकप्रद निष्काशन गर्ने भएको छ ।  बैंकले १० बराबर ३ कित्ता सेयर अर्थात ३० प्रतिशतका दरले हकप्रद निष्काशन गर्न लागेको हो। बैंकले ४९ करोड ३१ लाख ८३ हजार ५ सय रुपियाँ बराबरको ४९ लाख ३१ हजार ८ सय ३५ कित्ता हकप्रद निष्काशन गर्न लागेको हो । ओम डेभलपमेन्ट बैंक र मनास्लु विकास बैंक हालै मर्ज भएका हुन्   । 

 बैंकले ३० प्रतिशत हकप्रद प्रयोजनार्थ भदौ ३० गते बुक क्लोज गर्ने निर्णय गरेकाले भदौ २९ सम्म कायम सेयरधनीहरुले मात्र हकप्रद भर्न पाउनेछन। शेयरधनीले कार्तिक २६ गतेसम्म हकप्रद भर्न सक्ने छन्  ।

हकप्रद निष्काशनको लागि एनआईबिएल क्यापिटल मार्केट्स बिक्रि प्रबन्धक रहेको छ  । 

शेयरधनीले एनआईबिएल क्यापिटल मार्केट्सको कार्यालय लाजिम्पाट, ओम डेभलपमेन्ट बैंकको सम्पूर्ण शाखाहरु र नेपाल इन्भेस्टमेन्ट बैंकको बिराटनगर, बिरगंज, नेपालगंज, इटहरी तथा धनगढी शाखाबाट आवेदन दिन सक्ने छन्   । 

गोरखाको बसपार्कमा प्रधान कार्यालय रहेको मनास्लु विकास बैङ्क र कास्कीको पोखरामा प्रधान कार्यालय रहेको ओम विकास बैङ्क बिचको मर्जर पश्चात चुक्ता पुंजी १ अर्ब ६४ करोड पुगेको छ । त्यस्तै ३० प्रतिशत हकप्रद बिक्रि वितरण पश्चात ओम विकासको चुक्ता पुंजी २ अर्ब १३ करोड पुग्ने छ। बाँकी अपुग पुंजी बैंकको बोनस सेयर वितरण मार्फत जुटाउनेछ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved