नयाँ बीमा कम्पनीलाई कर्मचारी तान्ने अस्वस्थ प्रतिस्पर्धा नलाग्न चेतावनी

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 23, 2017 | 10:58:51 AM मा प्रकाशित

laxmi  sunrise bank

बीमा समितिका अध्यक्ष चिरिन्जीबी चापागाईले नयाँ बीमा कम्पनीहरुलाई कर्मचारी तान्ने अस्वस्थ प्रतिस्पर्धा नलाग्न चेतावनी दिएका छन। असोज ६ देखि संचालनमा आएको सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको उद्घाटन कार्यक्रममा चापागाईले यस्तो बताएका हुन। 

उद्घाटनको अवसरमा बोल्दै अध्यक्ष चापागाईले नेपालमा पढेलेखेका युवाहरु धेरै बेरोजगार रहेकाले रोजगारी सिर्जना होस् भनेर नयाँ कम्पनीलाई बीमा व्यवसाय संचालन गर्न लाइसेन्स दिएको बताएका छन। नयाँ कम्पनीहरुले नयाँ जनशक्ती ल्याउनु पर्नेमा उनले जोड दिएका छन। त्यस्तै उनले कम्पनीहरुले अबको २ बर्ष भित्र बीमाको बजार १०० प्रतिशतले वृद्धी गर्नुपर्ने धारणा राखेका छन।

अध्यक्ष चापागाईले उद्घाटन गरेसंगै सन नेपाल लाइफले आफ्नो काठमाडौंको कमलादीमा केन्द्रिय कार्यलयबाट बीमा व्यवसायको शुभारम्भ गरेको छ।  सन नेपाल लाइफको अध्यक्षमा अनुज कायल छन भने महाप्रबन्धकमा कमलराज गौतम छन।दुई करोड चुक्ता पुंजी रहेको यस सन नेपाल लाइफमा ७० प्रतिशत संस्थापक सेयर छ। जसमा कम्पनीले ३० प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गर्नेछ। 

त्यस्तै 

सन नेपाल लाइफको प्रचार प्रसारका लागि ब्राण्ड एम्बेसडरमा सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) दम्पति छन। उद्घाटन अवसरमा बोल्दै धुर्मुस सुन्तुले कम्पनीको प्रचार प्रसारमा कुनै कसर बाँकी नराख्ने बताए। त्यस्तै कम्पनीका अध्यक्ष कयालले देशका कुनाकाप्चामा पनि सेवा पुर्याउने र बीमीतको हितमा कुनै सम्झौता नगर्ने प्रतिबद्धता जनाए।

युनियन लाइफ इन्स्योरेन्सको कारोबार आरम्भ

शुक्रबार असोज ६ गतेदेखि नै युनियन लाइफ इन्स्योरेन्सको कारोबार आरम्भ भएको छ। अध्यक्ष  चापागाईले शुक्रबार युनियन लाइफ इन्स्योरेन्स  कम्पनीको कारोबार आरम्भ गरेका हुन् । 

कम्पनीले बानेश्वरस्थित कर्पाेरेट कार्यालयबाट कारोबार आरम्भ गरेको हो। कम्पनीले बिमा समितिबाट असोज ५ गते मात्रै कारोबार संचालनको लागि अन्तिम स्वीकृती पाएको हो।

२ अर्ब चुक्ता पुंजी रहेको यस कम्पनीको अध्यक्षमा शाहिल अग्रवाल रहेका छन् भने शेखर गोल्छा र सन्दीप अग्रगाल (गाडिया) सञ्चालक रहेका छन्। कम्पनिका प्रमुख कार्यकारी अधिकृतमा मनोज कुमार लाल कर्ण छन। यस कम्पनीमा जगदम्बा ग्रुप, गोल्छा ग्रुप, गाडिया ग्रुप, न्यौपाने ग्रुप, तिवडेवाल ग्रुप र राजेश हार्डवेयर ग्रुपको लगानी छ।

यससंगै बीमा समितिबाट बीमा ब्यवसय संचालन गर्ने अनुमति पाएका १० मध्ये ३ नयाँ जीवन बिमा कम्पनीले कारोबार आरम्भ गरेका छन। बिमा समितिबाट जीवन बीमा व्यवसाय सञ्चालनको स्वीकृत पाएका १० कम्पनी मध्ये आईएमई लाईफ इन्स्योरेन्सले गत भदौ १ गते देखि नै कारोबार शुरु गरि सकेको छ। 

बिमा समितिबाट कारोबार संचालनको अन्तिम अनुमति पाएका ज्योति लाईफ, रिलायवल लाईफले पनि निकट भविष्यमा नै औपचारिक कारोबार शुभारम्भ गर्ने तयारी गरेका छन।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved