नेपाल क्लियरिङ्ग हाउसको साधारणसभा सम्पन्न, ४० प्रतिशत लाभांश दिने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 23, 2017 | 01:06:10 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल क्लियरिङ्ग हाउसले लगानीकर्तालाई ४० प्रतिशत लाभांश निर्णय गरेको छ । कम्पनीको शुक्रबार बसेको छैठौ वार्षिक साधारण सभाले लगानीकर्तालाई  २० प्रतिशत बोनस तथा २० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।

बोनस शेयर वितरण पश्चात कम्पनीको चुक्ता पूँजी १८ करोड पुग्ने छ। कम्पनीमा १० प्रतिशत नेपाल राष्ट्र बैंकको, ८० प्रतिशत बैंक तथा वित्तीय संस्थाहरुको र १० प्रतिशत एससिटी (स्मार्ट च्वाइस टेक्नोलोजिज)को सेयर स्वामित्व रहेको छ। 

साथै सभाले वाणिज्य बैंक समूहबाट संचालक समितिमा प्रतिनिधित्व गर्न उमंग शर्मा (प्रतिनिधि सिटिजन्स बैंक), अनुपमा खुञ्जेली (प्रतिनिधि मेगा बैंक) र उज्जवल राजभण्डारी (प्रतिनिधि हिमालयन बैंक)लाई निर्विरोध निर्वाचित गरेको छ।

त्यस्तै विकास बैंक र वित्त कम्पनी समूहहरुबाट संचालक समितिमा प्रतिनिधत्व गर्न प्रद्युम्न पोखरेल (प्रतिनिधि मुक्तिनाथ विकास बैंक) र सुनील पन्त (प्रतिनिधि आइसीएफसी फाइनान्स) लाई निर्विरोध निर्वाचित गरेको छ।

गत आवमा कम्पनीले संचालन नाफा २१ करोड १० लाख र खुद नाफा १३ करोड १९ लाख आर्जन गरेको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved