शप्तकोशी डेभलपमेन्ट बैंकले गर्यो लाभांश घोषणा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 24, 2017 | 08:55:26 AM मा प्रकाशित

laxmi  sunrise bank

शप्तकोशी डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ । 

बैंकको असोज ६ गते शुक्रबार बसेको संचालक समितिको बैठकले आथिक बर्ष ७३/७४ सम्मको संचित मुनाफाबाट हाल कायम चुक्ता पुंजीको ११ प्रतिशत बोनस दिने प्रस्ताव गरेको हो । त्यस्तै बैंकले बोनस शेयरको कर प्रयोजनार्थ १२ लाख २१ हजार ५ सय ७८ रुपियाँ ९५ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

उक्त प्रस्ताव राष्ट्र बैंकले अनुमति दिएपछि र बैंकको साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण हुनेछ । 

२०७४ असार मसान्तसम्ममा बैंकको चुक्ता पुंजी २१ करोड १० लाख रहेकोमा ११ प्रतिशत बोनसपछि चुक्ता पुंजी २३ करोड ४२ लाख पुग्ने छ । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved