सिद्दार्थ इन्स्योरेन्सले गर्यो लाभांश घोषणा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 24, 2017 | 09:05:02 AM मा प्रकाशित

laxmi  sunrise bank

सिद्दार्थ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ  । इन्स्योरेन्सको असोज ४ गते बुधबार बसेको संचालक समितिको बैठकले २० प्रतिशत बोनस र कर प्रयोजनको लागि १.०५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । 

बैठकले अवितरित हकप्रद शेयर बिक्रि पश्चात कायम भएको चुक्ता पुंजी ५३ करोड ४५ लाख १७ हजार ५ सयको २० प्रतिशत हुन् आउने रकम १० करोड ६९ लाख ३ हजार ५ सय बराबरको बोनस शेयर जारि गर्ने प्रस्ताव गरेको हो । 

त्यस्तै बैठकले ५६ हजार २६ लाख ५ सय बराबरको नगद लाभांश प्रस्ताव गरेको हो । उक्त प्रस्ताव बिमा समितिले अनुमति दिएपछि र इन्स्योरेन्सको साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण हुने छन् । बोनस वितरणपछि इन्स्योरेन्सको चुक्ता पुंजी ६४ करोड १४ लाख पुग्ने छ ।

बिजपाटी डटकमले भदौ ९ गते प्रकशित गरेको " EXCLUSIVE REPORT: १५ निर्जिबन बिमा कम्पनी मध्ये कुन कम्पनीको लाभांश क्षमता कति ?" शिर्षकको रिपोर्टमा सिद्दार्थ इन्स्योरेन्सले २० प्रतिशत बोनस दिने प्रक्षेपण गरेको थियो  । सोहि प्रक्षेपण अनुसार इन्स्योरेन्सले लाभांश प्रस्ताव गरेको छ  । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved