आरएसडिसी लघुवित्तले गर्यो लाभांश घोषणा, हेर्नुस कति दिने भयो बोनस

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 24, 2017 | 10:26:41 AM मा प्रकाशित

laxmi  sunrise bank

आरएसडिसी लघुवित्तले लाभांश घोषणा गरेको छ । लघुवित्तको असोज ७ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक बर्षको मुनाफा बाट १३ प्रतिशत बोनस शेयर र ०.६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले हाक कायम चुक्ता पुंजी ११ करोड ५० लाखको १३ प्रतिशत हुन् आउने १ करोड ४९ लाख ५० हजार बराबरको बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनार्थ चुक्ता पुंजीको ०.६८ प्रतिशतले हुन् आउने ७ लाख ८६ हजार ८ सय ४२ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

उक्त प्रस्ताव राष्ट्र बैंकले अनुमति दिएपछि र लघुवित्तको साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ । 

प्रस्तावित बोनस वितरणपछि कम्पनीको चुक्ता पुंजी १२ करोड पुग्ने छ ।  

बिजपाटी डटकमले भदौ १४ गते प्रकशित गरेको "EXCLUSIVE:कुन लघुवित्तको सेयरमा लगानी बढी प्रतिफलमुलक ? जान्नुहोस, ३२ लघुवित्तको कमाई र लाभांश क्षमता" शिर्षकको रिपोर्टमा आरएसडिसीले १५.७९ प्रतिशत  लाभांश दिने प्रक्षेपण गरेको थियो । अहिले कम्पनीले घोषणा गरेको लाभांश उक्त प्रक्षेपण भन्दा केहि प्रतिशतले मात्र फरक हो । 


यस्ता छन् लघुवित्तले गरेका अन्य निर्णयहरु : 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved