सिन्धु बिकास बैंकको हकप्रद भर्ने आज अन्तिम दिन, कहाँबाट दिने आबेदन ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 25, 2017 | 07:29:32 AM मा प्रकाशित

laxmi  sunrise bank

सिन्धु बिकास बैंकले भदौ १८ देखि हकप्रद बिक्री गरिरहेको छ। बैंकले १० बराबर ८ कित्ता सेयर अर्थात ८० प्रतिशतका दरले हकप्रद बिक्री गरिरहेको छ। 

बैंकले हकप्रद निष्काशन प्रयोजनार्थ भदौ ९ गतेका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले भदौ ८ सम्म कायम सेयरधनीहरुले मात्र हकप्रद भर्न पाउनेछन। 

भदौ ८ सम्म कायम सेयरधनीहरुले भदौ १८ देखि असोज २२ गतेसम्म बैंकको सेयर निष्काशन तथा बिक्रि प्रबन्धक एनआइबिएल क्यापिटल मार्केट्स लाजिम्पाट, काठमाडौं तथा सिन्धु विकास बैंकका सम्पूर्ण शाखा कार्यालयहरु र नेपाल इन्भेस्टबैंकको चिप्लेढुंगा पोखरा, बिराटनगर, बिरगंज, नारायणगढ , बुटवल, नेपालगंज र धनगढी शाखाबाट आबेदन फारम प्राप्त गरी हकप्रद भर्न सक्नेछन।   

बैंकले प्रति कित्ता एक सय रुपैयाँका दरले २० करोड ९७ लाख रुपैयाँ बराबरको २० लाख ९७ हजार ५ सय ४० कित्ता हकप्रद बिक्री गरिरहेको हो। हकप्रद बिक्रि तथा वितरण पश्चात बैंकको चुक्तापछि ४७ करोड १९ लाख पुग्ने छ  ।   


सिन्धुपाल्चोक जिल्लाको पहिलो विकास बैंकको रुपमा स्थापित सिन्धु विकास बैंकले गत आर्थिक बर्ष करिब ६ करोड मुनाफा आर्जन गरेको छ ।   बैंकले १ अर्ब ९० करोड ५७ लाख भन्दा बढी निक्षेप संकलन गरी करिब १ अर्ब ४२ करोड ४१ लाख भन्दा बढी कर्जा लगानी गरेको छ । बैंकले ६० हजार भन्दा बढी ग्राहकहरुलाई बैंकिङ सुविधा प्रदान गर्दै आएको छ ।

बैंकले आर्थिक बर्ष ७२/७३ को कमाईबाट १६.८ प्रतिशत बोनस दिएको थियो  । राष्ट्र बैंकको निर्देशन अनुसार १ देखि ३ जिल्ले विकास बैंकले चालु आर्थिक बर्षको अन्त्यसम्ममा ५० करोड चुक्ता पुंजी पुर्याउनु पर्ने हुन्छ  । हकप्रद निष्काशनपछि अब सिन्धुले आफ्नो चुक्ता पुंजी ६ प्रतिशतले   बढाउनु पर्ने हुन्छ  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved