काबेली विकास बैंकको हकप्रद भर्ने आज अन्तिम दिन, कहाँबाट दिने आबेदन ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 25, 2017 | 07:51:15 AM मा प्रकाशित

laxmi  sunrise bank

काबेली बिकास बैंकले भदौ १८ देखि हकप्रद बिक्री गरिरहेको छ। बैंकले २ बराबर १ अर्थात ५० प्रतिशतका दरले असोज २१ सम्मका लागि हकप्रद बिक्री खुला गरेको हो। 

बैंकले ५० प्रतिशत हकप्रद बिक्री प्रयोजनार्थ साउन १८ का बुक क्लोज गरेकाले साउन १७ सम्म कायम सेयरधनीहरुले हकप्रद भर्न पाउनेछन। बैंकले ३ करोड ५० लाख रुपैयाँ बराबरको ३ लाख ५० हजार ८८० कित्ता हकप्रद बिक्री खुला गरेको हो। 


साउन १७ सम्म कायम इच्छुक सेयरधनीहरुले बैंकको सेयर निष्काशन तथा बिक्रि प्रबन्धक ग्लोबल आइएमई क्यापिटल जमल, काठमाडौं तथा काबेली विकास बैंकका सम्पूर्ण शाखा कार्यालय र ग्लोबल आइएमई बैंकका केहि शाखाबाट आबेदन फारम प्राप्त गरी हकप्रद भर्न सक्नेछन। 

५० प्रतिशत हकप्रद बिक्रि तथा वितरण पश्चात बैंकको चुक्ता पुंजी १० करोड ५२ लाख पुग्नेछ। हाल बैंकको चुक्ता पुंजी ७ करोड १ लाख छ। बैंकले गत आर्थिक बर्ष २ करोड ३४ लाख मुनाफा आर्जन गरेको छ। काबेलीले माउन्ट मकालु डेभलपमेन्टसंग प्राप्तिका लागि सहमति गरेको छ।   


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved