सिनर्जी फाइनान्सले ७० प्रतिशत हकप्रद जारि गर्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 25, 2017 | 09:48:33 AM मा प्रकाशित

laxmi  sunrise bank

सिनर्जी फाइनान्सले आफ्ना शेयरधनिहरुको लागि हकप्रद शेयर दिने प्रस्ताब अघि सारेको छ। फाइनान्सको असोज ८ गते बसेको संचालक समितिको बैठकले लगानिकर्तालाई १:०.७० अर्थात ७० प्रतिशत हकप्रद दिने प्रस्ताब गरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। 

नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी ८० करोड आफै पुर्याउने योजना अनुरुप फाइनान्सले हकप्रद प्रस्ताब अघि सारेको हो। 

उक्त हकप्रद प्रस्ताब सम्बन्धित निकायको स्वीकृतपछि लगानीकर्तामा वितरण हुने छ।



हाल कम्पनीको चुक्ता पुंजी ४७ करोड ४४ लाख रहेकोमा ७० प्रतिशत  हकप्रद निष्काशनपछि चुक्ता पुंजी ८० करोड ६४ लाख पुग्ने छ  । 
कम्पनीले गत बर्ष १८ करोड ११ लाख खुद नाफा गरेको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved