एनबि इन्स्योरेन्सको साधारणसभा आज, मुख्य एजेन्डामा हकप्रद बिक्रि र लोगो परीवर्तन

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 26, 2017 | 06:40:32 AM मा प्रकाशित

laxmi  sunrise bank

एनबि इन्स्योरेन्सको बार्षिक साधारणसभा आज बस्दै छ। इन्स्योरेन्सको २० औ बार्षिक साधारणसभाको मुख्य एजेन्डामा ८० प्रतिशत हकप्रद बिक्रि गर्ने  प्रस्ताब रहेको छ। 

कम्पनीले आजको साधारणसभामा  अधिकृत पुंजी वृद्धि गर्ने, ८० प्रतिशत हकप्रद बिक्रि गर्ने प्रस्ताब पारित गर्ने, कम्पनिको लोगो परिवर्तन गर्ने लगायतका प्रस्ताबहरु लैजाने जनाएको छ।  

साधारणसभा प्रयोजनका लागि कम्पनिले भदौ २५ देखि असोज १० का लागि बुक क्लोज गर्ने निर्णय गरेकाले भदौ २४ सम्म कायम सेयरधनीहरु मात्र साधारणसभामा सहभागी हुन पाउनेछन। साधारणसभाबाट पारित भईसकेपश्चात हकप्रदका लागि पछी छुट्टै बुक क्लोज मिति घोषणा हुनेछ। 

८० प्रतिशत हकप्रद बिक्रि तथा वितरण पश्चात कम्पनीको चुक्ता पुंजी ४८ करोड ६० लाख पुग्नेछ। हाल कम्पनीको चुक्ता पुंजी २७ करोड छ। कम्पनीले गत आर्थिक बर्ष १० करोड ९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved