हकप्रदको प्रलोभन देखाएर लगानीकर्तालाई भ्रममा पारेको भन्दै १६ समुहबिरुद्द बोर्डमा उजुरी

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 26, 2017 | 08:41:11 AM मा प्रकाशित

laxmi  sunrise bank

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिकाले गरेको व्यवस्थालाई उल्लंघन गरी लगानीकर्तालाई भ्रममा पारेको भन्दै ८ वटा बैंक तथा वित्तीय संस्था बिरुद्द नेपाल धितोपत्रमा उजुरी परेको छ  । 

एक वाणिज्य बैंक, २ विकास बैंक, ४ फाइनान्स र एक लघुवित्त कम्पनीविरुद्ध उजुरी परेको हो । उजुरीमा कुमारी बैंक, देवः विकास बैंक, जेविल्स फाइनान्स, पोखरा फाइनान्स, सिनर्जी फाइनान्स, नागबेली लघुवित्त विकास बैंक, सेती फाइनान्स र साझा विकास बैंक र तिनको संचालक समिति गरी १६ समूहलाई बिपक्षी बनाईएको छ  ।

 लगानीकर्ताहरु प्रबिन्द्रध्वज कुँवर, भरतप्रसाद वस्ती, उपेन्द्र पराजुली, अच्युतराज देवकोटा तथा माधवप्रसाद लामिछानेले सोमबार संयुक्त रुपमा उजुवी दर्ता गरेका हुन्  ।

उजुरीमा ति बैंक तथा वित्तीय संस्थाहरुले हकप्रद निष्काशन प्रक्रियामा धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ ले गरेको व्यवस्थालाई उल्लंघन गरेको र लगानीकर्तालाई भ्रममा पार्ने काम गरेकोले उनीहरुलाई कारबाही गर्न माग गरिएको छ ।

उजुरीमा ति कम्पनीहरुले साधारण सभाबाट हकप्रद निष्काशनको प्रस्ताव पारित गरेर लामो समयसम्म धितोपत्र बोर्डमा आवेदन नदिएको उल्लेख छ । यसले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ को परिच्छेद तीनको दफा १२ को उपदफा नौ र १० को अपहेलना भएको उजुरीकर्ताले जनाएका छन् ।

निर्देशिकाको उल्लेखित उपदफामा साधारण सभाले हकप्रद पारित गरेको दुई महिना भित्रमा धितोपत्र बोर्डमा हकप्रद निष्काशनका लागि आवेदन गरिसक्नु पर्ने उल्लेख छ  । साथै कम्पनीहरुले हकप्रद सेयर निष्काशनको प्रस्ताव साधारण सभाबाट पारित भए पछि अनिवार्य रुपमा कार्यन्वयन  गर्नु पर्ने पनि उल्लेख छ ।  

धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले  उजुरी प्राप्त भएको र छानबिन थालिएको बताएका छन् । अब त्यस्ता कम्पनीलाई बोर्डले कस्तो कारबाही गर्ला सर्बाधिक चासोको बिषय बनेको छ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved