यी हुन् २०० भन्दा कम मूल्य कबुल गरेर एभरेष्ट बैंकको शेयर पाउने भाग्यमानीहरु (सुचीसहित)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 26, 2017 | 11:44:41 AM मा प्रकाशित

laxmi  sunrise bank

एभरेष्ट बैंकले लिलाममा राखेको अवितरित हकप्रदमा आईपिओ कै मूल्य कबुल गर्नेले पनि शेयर पाएको बिषयले निक्कै चर्चा पायो ।  एभरेष्ट बैंकले २ लाख ५३ हजार ७ सय ९७ कित्ता साधारण शेयर लिलाममा राखेको थियो । 

भदौ २५ देखि असोज १ गतेसम्म भएको लिलाममा  २ लाख १७ हजार ९ सय ५६ कित्ता बिक्रि भएका छन् । जस मध्ये १७ जनाले २०० वा सो भन्दा कम मूल्य कबुल गरेर शेयर पाएका छन् । जस मध्ये सबै भन्दा कम १२० कबुल गर्नेले पनि शेयर पाएका छन् । 

बैंकले हकप्रदमा अवितरित सेयर पुन: लिलाम बढाबढ मार्फत बिक्रि गर्ने भएको छ। बैंकले यहि असोज २० देखि २७ गतेसम्मका लागि बिक्रि खुला गर्ने भएको हो। 

लिलामको शेयर खरिदको लागि असोज २७ गतेसम्म आवेदन दिन सकिने बैंकको बिक्रि प्रबन्धक एनआईबिएल क्यापिटलले जनाएको छ । असोज २९ गते लिलाममा परेको आवेदन खोलिने छ । 

बैंकले गत आर्थिक बर्ष १ अर्ब ९८ करोड ६९ लाख ८ हजार रुपैयाँ खुद मुनाफा गरेको छ। बैंकको जगेडा कोषमा ५ अर्ब ८८ करोड ३७ लाख ५९ हजार रहेको छ। बैंकसंग अघिल्लो आर्थिक बर्षको रिटेन अर्निङ २० करोड ६८ लाख रहेको छ। बैंकको चुक्ता पुंजीमा आधारभुत सेयरधनी र संस्थापक सेयरधनीबाट प्राप्त कल इन एड्भान्सलाई समायोजन गर्दा चुक्ता पुंजी ५ अर्ब ७४ करोड १० लाख ९५ हजार पुगेको छ । ३३ प्रतिशत हकप्रद सेयर र बिक्रि नभएको शेयर लिलाममा बिक्रि गरेपछि बैंकको चुक्ता पुंजी ६ अर्ब ३ करोड ७९ लाख १२ हजार ३ सय पुग्ने छ । 

हेर्नुस को हुन् २०० भन्दा कम मूल्य कबुल गरेर शेयर पाउने भाग्यमानीहरु : 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved