आइसीएफसी फाइनान्सको साधारणसभा आज, मुख्य एजेन्डामा २१.०५ प्रतिशत लाभांश प्रस्ताब

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 26, 2017 | 01:29:11 PM मा प्रकाशित

laxmi  sunrise bank

आइसीएफसी फाइनान्स लिमिटेडले साधारणसभा प्रयोजनका लागि सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने मिति तय गरेको छ। फाइनान्सले असोज ३१ गतेको बार्षिक साधारणसभा प्रयोजनार्थ असोज २५ देखि असोज ३१ सम्मका लागि बुक क्लोज गर्ने निर्णय गरेको नेपाल स्टक एक्सचेन्ज मार्फत जनाइएको छ। 

असोज २५ का लागि बुक क्लोज गरेकाले असोज २४ सम्म कायम सेयरधनीहरुले मात्र साधारणसभामा सहभागी हुन र १० प्रतिशत बोनस र ११।०५ प्रतिशत (कर प्रयोजन सहित) नगद लाभांश पाउनेछन। 

फाइनान्सको साधारणसभाबाट स्वीकृत भएपश्चात सेयरधनीहरुमा लाभांश वितरण हुनेछ। फाइनान्सको साधारणसभा यहि असोज ३१ गते सानो गौचर स्थित रेजेन्सी ब्यान्केटमा बिहान ११ बजे बस्दै छ।  

साधारणसभाको मुख्य एजेन्डामा गत आर्थिक बर्षको कमाईबाट वितरण गरिएको लाभांश प्रस्ताब, चुक्ता पुंजी वृद्धि प्रस्ताब, गत आर्थिक बर्षको मुनाफाको १ प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्वका लागि व्यवस्था गर्ने लगायतका प्रस्ताब छन।  

१० प्रतिशत बोनस सेयर वितरण पश्चात फाइनान्सको चुक्ता पुंजी ८८ करोड १९ लाख पुग्नेछ। हाल फाइनान्सको चुक्ता पुंजी ८० करोड १७ लाख छ। फाइनान्सले गत आर्थिक बर्ष १९ करोड ५२ लाख खुद मुनाफा आर्जन गरेको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved