सपोर्ट माइक्रोफाइनान्सको आइपिओमा आबेदन दिने आज अन्तिम दिन, कहाँबाट दिने आबेदन ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 04, 2017 | 06:14:24 AM मा प्रकाशित

laxmi  sunrise bank

सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले आज देखि सर्वसाधारणका लागि साधारण सेयर बिक्रि खुला गरेको छ। माइक्रोफाइनान्सले आज अर्थात असोज १८ देखि असोज २३ गतेसम्मका लागि १ करोड ८० लाख रुपैयाँ बराबरको १ लाख १८ हजार कित्ता आइपीओ निष्काशन गरेको हो। 

इच्छुक लगानीकर्ताले असोज १८ देखि छिटोमा असोज २३ गतेसम्म र ढिलोमा कत्तिक १६ गतेसम्म आईपिओको लागि आवेदन दिन सक्ने छन् । आइपीओ निष्काशनका लागि बिक्रि प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ।  लगानीकर्ताले न्युनतम ५० कित्ता र अधिकतम ९ सय कित्ताको लागि आवेदन दिन सक्ने छन् । 

१ लाख ८० हजार कित्ता मध्ये २ प्रतिशत अर्थात् ३ हजार ६०० कित्ता कम्पनीका कर्मचारीको लागि र ५ प्रतिशत अर्थात ९ हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको छ। यस अर्थमा सर्वसाधारणका लागि मात्र १ लाख ६७ हजार ४०० कित्ता मात्र बिक्रि खुला गरिनेछ।  

नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पुर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनको शाखा कार्यालयबाट समेत सपोर्ट माइक्रोफाइनान्सको आइपीओमा आवेदन दिन सकिने छ।

नियमन निकाय नेपाल धितोपत्रबोर्डले सबैलाई दश कित्ता सेयरको नीति अख्तियार गरेकाले १८ हजार भन्दा बढी आबेदन परेको अवस्थामा गोलाप्रथाबाट सबैलाई १० कित्ता वितरण हुनेछ। सपोर्ट माइक्रोफाइनान्सको आइपीओमा १८ हजार भन्दा बढीको आबेदन पर्ने निश्चित जस्तै भएकाले ५० कित्ता अर्थात ५ हजारसम्मको आबेदन दिनु नै उचित हुनेछ। 

आइपिओ निष्काशन निष्काशन तथा वितरण पश्चात माइक्रोफाइनान्सको चुक्ता पुंजी ६ करोड रुपैयाँ पुग्ने छ। २०७१ कार्तिक २८ गते सुनसरीको ईटहरीमा स्थापना भएको सपोर्ट माईक्रो फाईनान्सको हाल अधिकृत पूँजी रु. १५ करोड रहेको छ। त्यस्तै जारी पूँजी रु. ६ करोड रहेकोमा संस्थापकबाट ४ करोड २० लाख चुक्ता भईसकेको छ भने सर्वसाधारणलाई रु. १ करोड ८० लाखको शेयर निष्काशन पश्चात चुक्ता पूँजी रु. ६ करोड पुग्नेछ । 

हाल वित्तीय संस्थाको १० जिल्ला कार्यक्षेत्र रहेको छ र हालसम्म १९ करोड भन्दा बढी कर्जा लगानी गरिसकेको छ । त्यसैगरी यस वित्तीय संस्थाले हालसम्म ३,८०० जना सदस्यहरुलाई लघुर्जाको सेवा प्रदान गर्दै आएको छ।  गत आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीले ३७ लाख ४४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved