जनरल फाइनान्सको १२५ प्रतिशत हकप्रद भर्ने आज अन्तिम दिन, कहाँबाट भर्ने आबेदन ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 04, 2017 | 06:55:38 AM मा प्रकाशित

laxmi  sunrise bank

जनरल फाइनान्स लिमिटेडले भदौ २७ गते देखि हकप्रद बिक्रि गरिरहेको छ। फाइनान्सले १ बराबर १.२५ कित्ता सेयर अर्थात १२५ प्रतिशतका दरले   भदौ २७ देखि असोज ३० सम्म हकप्रद बिक्रि खुला गरेको हो। 

फाईनान्सले १६ करोड ५२ लाख बराबरको सय रुपियाँ अंकित १६ लाख ५२ हजार ८ सय ५० कित्ता हकप्रद शेयर निष्काशन गरेको हो। हकप्रद निष्काशन प्रयोजनार्थ फाइनान्सले साउन २६ गते बुक क्लोज गर्ने निर्णय गरेकाले साउन २५ गते सम्म कायम शेयरधनीले हकप्रद भर्न पाउने छन ।  

हकप्रद निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । लगानीकर्ताले ग्लोबल आईएमई क्यापिटलको कार्यालय जमल, जनरल फाइनान्सको केन्द्रिय कार्यालय चाबहिल र न्युरोड शाखाबाट आवेदन फारम प्राप्त गरि हकप्रद भर्न सक्ने छन् ।


त्यस्तै ग्लोबल आईएमई बैंक लिमिटेडको शाखा कार्यालयहरु आदर्शनगर बिरगंज, सहिद चोक नारायणगढ, पृथ्वी चोक पोखरा, लोकतान्त्रिक चोक बाग्लुंग, त्रिभुवन चोक नेपालगंज र बिपी चोक बुटवल शाखा बाट पनि आवेदन फारम प्राप्त गरि हकप्रद भर्न सक्ने छन् ।

१२५ प्रतिशत हकप्रद बिक्रि तथा वितरण पश्चात जनरल फाइनान्सको चुक्ता पुंजी २९ करोड ७५ लाख पुग्नेछ। हाल माइर्कोफाइनान्सको चुक्ता पुंजी १३ करोड २२ लाख छ। फाइनान्सले गत आर्थिक बर्ष २ करोड ८६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved