गुडविल फाइनान्सको लिलाममा राखिएको सेयर बोलकबोलबाट बिक्री, कट अफ मूल्य १५१

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 05, 2017 | 09:26:57 AM मा प्रकाशित

laxmi  sunrise bank

गुडविल फाइनान्सले लिलाममा राखेको ८१ हजार ७२५ कित्ता सेयर बोलकबोलबाट बिक्रि भएको छ। 

असोज १  देखि असोज १० सम्म लिलाममा राखिएको हकप्रद सेयरको बोलपत्र असोज १८ गते बिक्रि प्रबन्धक एनईबिएल क्यापिटलमा १० बजे खोलिएको थियो।

 लिलाममा १५१  रुपैयाँ ५१ पैसा (कट अफ प्राइस) बोलपत्र पेस गर्नेले सेयर पाएका   छन। 

हकप्रद वितरण पश्चात फाइनान्सको चुक्ता पुंजी ७२ करोड ६० लाख पुग्नेछ। हाल फाइनान्सको चुक्ता पुंजी ४५ करोड ३७ लाख छ। नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी ८० करोड पुर्याउन फाइनान्सले ७ करोड ४० लाख रुपैयाँ बराबरको पुंजी थप गर्नु पर्नेछ। यसका लागि फाइनान्सले गत आर्थिक बर्षको कमाईबाट न्युनतम १०.२० प्रतिशत बोनस सेयर वितरण गर्नुपर्नेछ। फाइनान्सले गत आर्थिक बर्ष ९ करोड ६० लाख रुपैया खुद मुनाफा आर्जन गरेको छ।   

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved