एभरेष्ट बैंकको सेयर आजदेखि पुन: लिलामीमा, असोज २७ सम्म आबेदन खुला

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 06, 2017 | 08:22:38 AM मा प्रकाशित

laxmi  sunrise bank

एभरेष्ट बैंकले हकप्रदमा अवितरित सेयर आज देखि पुन: लिलाम बढाबढ मार्फत बिक्रि गर्ने भएको छ। बैंकले भदौ २५ देखि असोज १ सम्मका लागि लिलाम मार्फत बिक्रि खुला गर्दा नबिकेको ३५ हजार ८४१ कित्ता सेयर आज असोज २० देखि २७ गतेसम्मका लागि बिक्रि खुला गरेको हो। 

बैंकले असार १८ देखि साउन २२ गतेसम्म ३३.३३ प्रतिशत हकप्रद निष्काशन गरेकोमा अवितरित करिब १.६ प्रतिशत सेयर लिलाम बढाबढ मार्फत भदौ २५ देखि असोज १ सम्मका लागि २ लाख ५३ हजार ७९७ कित्ता सेयर पहिलो पटक लिलाममा राखेको थियो। 

पहिलो लिलाममा प्रति कित्ता १२० रुपैयाँमा बोल कबोल गरेकाले समेत एभरेष्ट बैंकको सेयर पाएका थिए। प्रति कित्ता १३०० रुपैयाँ बोल कबोल गरेर समेत लगानीकर्ताले एभरेष्ट बैंकको सेयर सकारेका थिए।   

लिलामको शेयर खरिदको लागि असोज २७ गतेसम्म आवेदन दिन सकिने बैंकको बिक्रि प्रबन्धक एनआईबिएल क्यापिटलले जनाएको छ । असोज २९ गते लिलाममा परेको आवेदन खोलिने छ । 

इच्छुक बोलकबोल दाताले प्रति कित्ता न्युनतम १०० रुपैयाँका दरले १० ले भाग जाने गरि न्युनतम १०० कित्ताको लागि आबेदन दिनु पर्ने छ।सबै भन्दा बढी मूल्यमा आबेदन दिनेले लिलाममा राखेको हकप्रद पाउने छन।  


इच्छुक बोलकबोल दाताले  एनआईबिएल क्यापिटल मार्केट्सको कार्यालय लाजिम्पाटबाट आवेदन लिन सक्ने छन् ।  बोलकबोल दाताले   शेयर खरिदको लागि आवश्यक रकम  कुमारी बैंकमा रहेको एनआईबिएल क्यापिटल मार्केट्सको नाममा रहेको खाता नम्बर ०१२४५२४६१६८४६०१६ मा रकम जम्मा सक्नेछन। 

बैंकले गत आर्थिक बर्ष १ अर्ब ९८ करोड ६९ लाख ८ हजार रुपैयाँ खुद मुनाफा गरेको छ। बैंकको जगेडा कोषमा ५ अर्ब ८८ करोड ३७ लाख ५९ हजार रहेको छ। बैंकसंग अघिल्लो आर्थिक बर्षको रिटेन अर्निङ २० करोड ६८ लाख रहेको छ। बैंकको चुक्ता पुंजीमा आधारभुत सेयरधनी र संस्थापक सेयरधनीबाट प्राप्त कल इन एड्भान्सलाई समायोजन गर्दा चुक्ता पुंजी ५ अर्ब ७४ करोड १० लाख ९५ हजार पुगेको छ । ३३ प्रतिशत हकप्रद सेयर र बिक्रि नभएको शेयर लिलाममा बिक्रि गरेपछि बैंकको चुक्ता पुंजी ६ अर्ब ३ करोड ७९ लाख १२ हजार ३ सय पुग्ने छ । 

यो पनि : 

यी हुन् २०० भन्दा कम मूल्य कबुल गरेर एभरेष्ट बैंकको शेयर पाउने भाग्यमानीहरु (सुचीसहित)


 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved