रुरल माइक्रोफाइनान्सले २० प्रतिशत लाभांश दिने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 06, 2017 | 11:07:26 AM मा प्रकाशित

laxmi  sunrise bank

रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टर लिमिटेडलेलाभंश घोषणा गरेको छ । कम्पनीको असोज २० गते बसेको संचालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो । 

बैठकले आर्थिक बर्ष ७३/७४ को नाफाबाट ५ प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । कम्पनीले चुक्ता पुंजीको ५ प्रतिशतले हुन् आउने ३ करोड ४६ लाख ६ हजार बराबरको बोनस शेयर र चुक्ता पुँजीको १५ प्रतिशतले हुन् आउने १० करोड ३८ लाख १८ हजार बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 


उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले अनुमति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण हुनेछ । 

हाल कम्पनीको चुक्ता पुंजी ६९ करोड २१ लाख रहेकोमा प्रस्तावित बोनसपछि कम्पनीको चुक्ता पुंजी ७२ करोड ६७ लाख पुग्ने छ । 

कम्पनीले गत बर्ष २१ करोड १३ लाख खुद नाफा गरेको थियो  । 



 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved