स्वावलंबन लघुवित्तले गर्यो २० प्रतिशत बोनस सहित ३१ प्रतिशत लाभांश घोषणा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 08, 2017 | 08:38:24 AM मा प्रकाशित

laxmi  sunrise bank

स्वावलंबन लघुवित्त विकास बैंकले लाभांश घोषणा गरेको छ। लघुवित्तको असोज २० मा बसेको संचालक समितिको बैठकले गत आर्थिक बर्षको कमाईबाट २० प्रतिशत बोनस सेयर र ११.५७८९ प्रतिशत नगद लाभांश (नगद लाभांस र बोनस सेयरको कर समेत) दिने निर्णय गरेको नेपाल स्टक एक्सचेन्ज मार्फत लघुवित्तले जनाएको छ। 

उक्त लाभांश प्रस्ताब नेपाल राष्ट्र बैंक र कम्पनिको आगामी बार्षिक साधारणसभाले पारित गरेपश्चात सेयरधनिहरुमा लाभांश वितरण हुनेछ। बिजपाटि डटकमले स्वावलम्बन लघुवित्तले ४२.१० प्रतिशत लाभांश दिने प्रक्षेपण गरेको थियो। 

EXCLUSIVE:कुन लघुवित्तको सेयरमा लगानी बढी प्रतिफलमुलक ? जान्नुहोस, ३२ लघुवित्तको कमाई र लाभांश क्षमता

२० प्रतिशत बोनस सेयर वितरण पश्चात स्वावलम्बनको चुक्तापुंजी ५० करोड २७ लाख २९ हजार पुग्नेछ। हाल स्वावलम्बनको चुक्ता पुंजी ४१ करोड ८९ लाख ६३ हजार छ। 





Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved