महुली लघुवित्तका सेयरधनीहरुलाई आकर्षक बोनस र हकप्रद सहितको बम्पर अफर

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 08, 2017 | 09:13:34 AM मा प्रकाशित

laxmi  sunrise bank

महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ। लघुवित्तको असोज २१ मा बसेको संचालक समितिको बैठकले गत आर्थिक बर्षको कमाईबाट ५० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांस गरि (कर प्रयोजनका लागि सहित) ६० प्रतिशत लाभांश दिने घोषणा गरेको छ। 

उक्त प्रस्ताब नेपाल राष्ट्र बैंक र लघुवित्तको आगामी बार्षिक साधारणसभाले पारित गरेपश्चात सेयरधनिहरुमा वितरण हुनेछ। बिजपाटी डटकमले महुली लघुवित्तले ५० प्रतिशत बोनस सेयर सहित ६० प्रतिशत लाभांस दिने प्रक्षेपण गरेको थियो। 

EXCLUSIVE:कुन लघुवित्तको सेयरमा लगानी बढी प्रतिफलमुलक ? जान्नुहोस, ३२ लघुवित्तको कमाई र लाभांश क्षमता

५० प्रतिशत बोनस सेयर वितरण पश्चात महुलीको चुक्ता पुंजी ६ करोड पुग्नेछ। हाल महुलीको चुक्ता पुंजी ४ करोड छ। 

५० प्रतिशत हकप्रद 

महुली लघुवित्तको उक्त संचालक समितिको बैठकले बोनस सेयर बितरण पश्चात कायम चुक्ता पुंजीबाट १०० बराबर ५० कित्ता सेयर अर्थात ५० प्रतिशत हकप्रद बिक्रि गर्ने प्रस्ताब पारित गरेको छ।

उक्त प्रस्ताब आगामी बार्षिक साधारणसभाले पारित गरि नेपाल धितोपत्र बोर्डले अनुमति दिए पश्चात सेयरधनीहरुमा जारी हुनेछ। ५० प्रतिशत हकप्रद बिक्रि तथा वितरण पश्चात महुलीको चुक्ता पुंजी ९ करोड पुग्नेछ। 









Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved