नेप्सेको जीएम नियुक्तिको नयाँ मोड, मनोज ज्ञवाली दोस्रो नम्बरमा पर्दा कसले मार्यो बाजी ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 08, 2017 | 12:33:41 PM मा प्रकाशित

laxmi  sunrise bank

दुई महिना यता रिक्त नेपाल स्टक एक्सचेन्जले यहि साता प्रमुख कार्यकारी पाउने लगभग निश्चित भएको छ। अर्थ मन्त्रालयको बित्तीय क्षेत्र ब्यवस्थापन विभागले नेप्सेको प्रमुख कार्यकारी बन्न आबेदन दिएका १३ मध्ये अन्तिम तीन जनाको नाम सरकारलाई सिफारिस गरिसकेको छ।

नेप्सेको सीईओ नियुक्तिका लागि गठित छनौट तथा सिफारिस समितिले ज्योति बिकास बैंकका नायव कार्यकारी प्रमुख मनोज ज्ञवाली, प्राध्यापक प्रमोद शर्मा, नेपाल ईन्स्योरेन्सका पूर्व मुख्य कार्यकारी चन्द्र साउदको नाम सरकारलाई सिफारिस गरेको हो।

समितिले छनौट गरेका ५ जनाबाट ब्यबसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ता लिइएको थियो। प्रस्तुतीकरण र अन्तर्वार्ताको आधारमा   समितिले ३ जनाको नाम सरकारलाई सिफारिस गरेको हो। 

बिजपाटीलाई प्राप्त जानकारी अनुसार समितिले सरकारलाई सिफारिस गरेको तीन जना मध्ये प्रमोद शर्माले उच्च अंक प्राप्त गर्दै प्रथम स्थानमा छन भने मनोज ज्ञवाली र चन्द्र साउद क्रमश: दोस्रो र तेस्रो स्थानमा छन।

प्रस्तुतीकरण र अन्तर्वार्तामा प्राप्त अंकको आधारमा छनौट भएको अवस्थामा प्रमोद शर्मा नै नेप्सेको प्रमुख कार्यकारी बन्ने छन्। तर मन्त्रिपरिषदले नै सिफारिस गरेका तीन जना मध्यबाट एक जनालाई छनौट गर्ने भएकाले यहि व्यक्ति नै प्रमुख कार्यकारी बन्छ भन्ने अवस्था छैन।

असोज २३ गते सोमबार बस्ने मन्त्रिपरिषद्को नियमित बैठकले सिफारिस गरिएका तीनजना मध्येबाट एकलाई नेप्सेको सीईओमा नियुक्ति गर्नेछ। नियुक्ति पाउनेले आगामी ४ बर्षका लागि नेप्सेको जिम्मेवारी सम्हाल्नेछ।   

नेप्सेको प्रमुख कार्यकारीमा तीन जनाको नाम सिफारिस, कसको पल्ला भारि ?

जीएम नियुक्तिको 'हाउगुजी' ले शेयरबजारमा पहिरो, के छन बिक्रि चाप बढ्नुका ४ कारण ?

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved