चिलिमे हाइड्रोले बढायो लाभांश क्षमता, चुक्ता पुंजी ३ अर्ब ९५ करोड पुग्ने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 08, 2017 | 01:55:05 PM मा प्रकाशित

laxmi  sunrise bank

चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले २५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। कम्पनीको असोज २१ मा बसेको ३३७ औ संचालक समितिको बैठकले गत आर्थिक बर्षको कमाईबाट १५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश (कर प्रयोजन) दिने निर्णय गरेको नेपाल स्टक एक्सचेन्ज मार्फत कमपनीले जानकारी दिएको छ। 

उक्त प्रस्ताब कम्पनीको आगामी २१ औ बार्षिक साधारणसभाले पारित गरेपश्चात सेयरधनीहरुमा लाभांश वितरण हुनेछ। अघिल्लो आर्थिक बर्षको कमाईबाट गत बर्ष कम्पनीले १० प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश बितरण गरेको थियो। 

१५ प्रतिशत बोनस सेयर वितरण पस्चात कम्पनिको चुक्तापुंजी ३ अर्ब ९५ करोड पुग्नेछ। हाल कम्पनीको चुक्ता पुंजी ३ अर्ब ४४ करोड छ। चिलिमेले गत आर्थिक बर्ष ९६ करोड ६३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved