साधारणसभाबाट पारित भएपनि युनियन लाइफले तत्काल आइपिओ निष्काशन गर्न नपाउने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 09, 2017 | 09:01:31 AM मा प्रकाशित

laxmi  sunrise bank

दशैं अघि औपचारिक रुपमा कारोबार सुरु गरेको युनियन लाइफ इन्स्योरेन्सले सर्वसाधारणमा साधारण सेयर निष्काशन प्रक्रिया अगाडी बढाएको छ। कम्पनीले कात्तिक १३ गते डाकेको प्रथम बार्षिक साधारणसभाको बिशेष प्रस्ताबमा हाल कायम चुक्ता पुंजीको ३० प्रतिशतले हुन आउने रकम बराबरको आइपिओ सर्वसाधारणमा बिक्रि गर्ने रहेको छ। 

साधारणसभाले स्वीकृत गरेपश्चात कम्पनीले ३० प्रतिशतले हुन आउने ६४ लाख ५० हजार कित्ता आइपीओ निष्काशन गर्ने प्रक्रिया अगाडी बढाउनेछ। यद्दपी धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ अनुसार कम्पनीले तत्काल आइपिओ निष्काशन गर्न पाउनेछैन। 

धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ को व्यवस्था अनुसार आइपीओ निष्काशन गर्न कम्पनी कम्तिमा एक बर्ष व्यवसाय संचालन गरेको हुनुपर्छ। 'बैंकिङ, वित्तीय वा बिमा सम्बन्धि व्यवसाय गर्ने संगठित संस्थाले ऐन तथा यस नीयमावली बमोजिम धितोपत्रको सार्वजनिक निष्काशन गर्ने भएमा त्यस्तो संगठित संस्थाले आफ्नो उदेश्य अनुरुप कारोबार संचालन गरेको एक आर्थिक बर्षको लेखापरीक्षण गरिएको विवरण सार्वजनिक रुपमा प्रकाशन समेत गर्नुका साथै साधारणसभा समेत सम्पन्न गरिसकेको हुनु पर्नेछ' भन्ने व्यवस्था छ।  


युनियन लाइफले आईपीओ ल्याउन डाक्यो साधारणसभा 

कम्पनीले कात्तिक १३ गते कम्पनीको रजिष्टर्ड कार्यालय, सिद्धार्थनगर रुपन्देहीमा बोलाएको प्रथम बार्षिक साधारणसभाको बिशेष प्रस्ताबमा ६४ लाख ५० हजार कित्ता आइपीओ निष्काशन गर्ने प्रस्ताब छ। 

अन्य प्रस्ताबमा कम्पनीको कर्पोरेट कार्यालयको ठेगाना परिवर्तन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, प्रमुख कार्यकारी अधिकृत नियुक्ती अनुमोदन गर्ने र चार जना सदस्यका लागि संचालक समितिमा निर्वाचन गर्ने लगायत छन। 

असोज ६ गते बीमा समितिका अध्यक्ष चिरञ्जीवि नेपालले नयाँ बानेश्वरस्थित कम्पनीको केन्द्रीय कार्यालयको उद्घाटन गरी कारोबारको शुभारम्भ भएको यस लाइफ इन्स्योरेन्सले २ अर्ब चुक्ता पुंजीको ३० प्रतिशतले हुन आउने रकम बराबरको सर्वसाधारणमा बिक्रि गर्ने छ। आईपिओ निष्कासनपछि संस्थापक तर्फ ७० प्रतिशत तथा सर्वसाधारणको ३० प्रतिशत सेयर स्वामित्व रहनेछ।   

२ अर्ब चुक्ता पुंजी रहेको यस कम्पनीको अध्यक्षमा शाहिल अग्रवाल रहेका छन् भने शेखर गोल्छा र सन्दीप अग्रगाल (गाडिया) सञ्चालक रहेका छन्। कम्पनिका प्रमुख कार्यकारी अधिकृतमा मनोज कुमार लाल कर्ण छन। यस कम्पनीमा जगदम्बा ग्रुप, गोल्छा ग्रुप, गाडिया ग्रुप, न्यौपाने ग्रुप, तिवडेवाल ग्रुप र राजेश हार्डवेयर ग्रुपको लगानी छ।

युनियन लाइफ इन्स्योरेन्सले बीमा समितिबाट असार २० गते इजाजत प्राप्त गरेको हो। असोज ५ गते मात्रै कारोबार संचालनको लागि अन्तिम स्वीकृती पाएको यस कम्पनीले असोज ६ गतेदेखि नै औपचारिक कारोबारको सुरुवात गरेको हो।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved