नेप्सेको सीईओमा बिमा बिज्ञ साउद नियुक्त, 'अनलाइन ट्रेडिङ पहिलो प्राथमिकतामा'

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 09, 2017 | 12:04:05 PM मा प्रकाशित

laxmi  sunrise bank

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल स्टक एक्सचेन्ज, नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा चन्द्रसिंह साउदलाई नियुक्त गर्ने निर्णय गरेको छ। 

'अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सिफारिस गरेको तीन जना मध्ये साउदलाई नेप्सेको प्रमुख कार्यकारी बनाउने निर्णय भएको छ। आज एकै दिनमात्र ६० भन्दा बढी बिषयमा निर्णय भएकाले अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद्को बैठकपछि सुनाएको निर्णयमा नेप्सेको सीइयो नियुक्ति सम्बन्धि कुरा समावेश नभएको हुनसक्छ' मन्त्रिपरिषद्को बैठकमा सहभागी एक मन्त्रीले बिजपाटीलाई जानकारी दिए।   

‘नेप्सेको प्रमुख कार्यकारीको जिम्मेवारी प्राप्त भएको जानकारी पाएको छु, पुंजीबजारको बिकास,बिस्तार र स्थायित्वका लागि आफ्नो कार्यकाल समर्पित गर्नेछु' बिजपाटीसंग कुराकानी गर्दै साउदले भने 'अनलाइन ट्रेडिङ लगायतका थाति कामलाई पुर्व योजना अनुसारनै सक्ने गरि अघि बढ्नेछु।' 

साउदले आगामी आगामी ४ बर्षका लागि नेप्सेको जिम्मेवारी सम्हाल्नेछन। नेप्सेको सीईओ नियुक्तिका लागि गठित छनौट तथा सिफारिस समितिले ज्योति बिकास बैंकका नायव कार्यकारी प्रमुख मनोज ज्ञवाली, प्राध्यापक प्रमोद शर्मा, नेपाल ईन्स्योरेन्सका पूर्व मुख्य कार्यकारी चन्द्र साउदको नाम सरकारलाई सिफारिस गरेको हो।

समितिले छनौट गरेका ५ जनाबाट ब्यबसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ता लिइएको थियो। प्रस्तुतीकरण र अन्तर्वार्ताको आधारमा   समितिले ३ जनाको नाम सरकारलाई सिफारिस गरेको हो। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved