माउण्ट मकालु डेभलपमेन्ट बैंकले पायो हकप्रद निष्काशनको अनुमति

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 09, 2017 | 12:55:16 PM मा प्रकाशित

laxmi  sunrise bank

माउण्ट मकालु डेभलपमेन्ट बैंकले पायो हकप्रद निष्काशनको अनुमति पाएको छ  ।  माउण्ट मकालुको २ शेयर बराबर १ शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो  । शेयर निष्काशनका लागि एनआईबिएल क्यापिटल  बिक्री प्रबन्धक रहेको छ ।

 माउण्ट मकालुले प्रति शेयर मूल्य रु १०० अंकित दरको ३ लाख ४५ हजार ८ सय कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

माउण्ट मकालुको हाल चुक्ता पुँजी रु ६ करोड ९१ लाख ६० हजार रहेकोमा हकप्रद शेयर निष्काशन पश्चात कुल चुक्ता पुँजी १० करोड ३७ लाख ४० हजार पुग्ने जनाएको छ । माउण्ट मकालुको मुख्य कारोबार स्थान तेह्रथुममा रहेको साथै सोहि जिल्लाको साब्ला गा. वि. स. जिरिखिम्ती बजार स्थित आफ्नो शाखा कार्यालय मार्फत् वित्तिय कारोबारहरु गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved