सनराइजको शेयर लिलामीमा तोडियो कृषि बिकास बैंकको रेकर्ड, अहिलेसम्मकै उच्च आबेदन

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 09, 2017 | 01:02:02 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंकले लिलाममा राखेको सेयरमा परेको आबेदनले अहिलेसम्म कै नयाँ रेकर्ड बनाएको छ। बैंकले लिलाममा राखेको हकप्रदमा अवितरित कुल ७ लाख १० हजार ७४३ कित्ता सेयरमा झन्डै ११ हजार ३३५ जनाले बोलपत्र पेश गरेका छन। 

सनराइज बैंकको लिलाममा राखेको सेयरमा परेको बोलपत्रले यस अघि कायम गरेको कृषि बिकास बैंकको रेकर्ड समेत तोडेको छ। बिक्रि प्रबन्धक सनराइज क्यापिटलका अनुसार लिलाममा राखेको साधारण तर्फको सेयरमा ११ हजार ३३५ र संस्थापक तर्फ ६२ वटा आबेदन परेको छ। जसमा प्राप्त बोलपत्र मध्ये १२६ वटा आबेदन रद्द भएका छन। यस अघि कृषि विकास बैंकले लिलाममा राखेको सेयरमा ९ हजार २२१ जनाले आवेदन दिएका थिए।

बैंकले हकप्रद र लिलाममा सेयर सकार्नेले समेत पाउने गरि गत आर्थिक बर्षको कमाईबाट १५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेकाले पनि लिलामको सेयरमा अत्यधिक आबेदन परेको सेयर पण्डितहरुको भनाई छ। त्यस्तै केहि साता अघि मात्र एभरेष्ट बैंकको लिलामको सेयरमा देखिएको अवस्थाले समेत सनराइज बैंकको लिलामको सेयरमा आबेदन दिनेको संख्या उल्लेख्य बढेको विश्लेषण गरिएको छ।   

सबैभन्दा पहिले संस्थापक सेयरको बोलपत्र खोलिएको छ। साधारण तर्फ परेको बोलपत्र खोल्न भोलि अर्थात मंगलबारसम्म लाग्न सक्ने बताइएको छ। अत्यधिक आबेदन परेकाले सनराइज क्यापिटल कार्यालयमा दुई ठाउँमा बोलपत्र खोल्ने क्रम जारि छ। अन्तिम नतिजा मंगलबारसम्म आइपुग्ने जनाइएको छ।  

बैंकले  सर्वसाधारण तर्फ ६ लाख ३८ हजार १३१ कित्ता साधारण र ७२ हजार ६ सय १२ कित्ता संस्थापक सेयर लिलाममा राखेको थियो।बैंकले असोज ८ देखि असोज २२ सम्म हकप्रदमा अवितरित सेयर लिलाममा राखेको थियो। 

हकप्रद बिक्रि तथा वितरण पश्चात सनराइज बैंकको चुक्ता पुंजी ७ अर्ब ८ करोड पुग्नेछ। हाल बैंकको चुक्ता पुंजी ५ अर्ब ४५ करोड छ। बैंकले १५ प्रतिशत बोनस सेयर वितरण गरेपश्चात चुक्ता पुंजी ८ अर्ब १५ करोड पुग्नेछ। गत आर्थिक बर्ष बैंकले १ अर्ब १८ करोड खुद मुनाफा आर्जन गरेको थियो।       



      

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved