एस क्यापिटलको ५२ प्रतिशत नगद लाभांश प्रस्ताव पारित, एनआइबिएल क्यापिटलमा गाभिने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 10, 2017 | 12:34:38 PM मा प्रकाशित

laxmi  sunrise bank

एस क्यापिटल लिमिटेडको सातौं बार्षिक साधारण सभा सम्पन्न भएको छ । मंगलवार नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको नारायणचौर शाखामा क्यापिटल लिमिटेडको सातौं बार्षिक साधारण सभा सम्पन्न भएको हो ।

 साधारण सभाले आफनो इतिहासमा पहिलो पटक सबैभन्दा बढी नाफा कमाई आर्थिक बर्ष २०७३÷७४ को नाफाबाट चुक्ता पूंजीको ५२ प्रतिशत नगद लाभांश दिने सञ्चालक समितको प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको छ, जुन गत बर्षभन्दा चार गुणाले बढी हो ।

साथै आफनो मूख्य कम्पनी नेपाल इन्भेष्टमेण्ट बैंक लि. को अर्को सहायक कम्पनी एनआईविएल क्यापिटल मार्केट्स लि. स‘ग आफू गाभ्न÷गाभिन वा एकले अर्कोलाई प्राप्ती गर्ने कार्य अगाडि बढाई सोको लागि आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने समेत निर्णय गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved