नेपाल सेवा लघुवित्तले आईपिओ निष्काशन गर्ने, एनएमबि क्यापिटल बिक्रि प्रबन्धक चयन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 10, 2017 | 02:43:15 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणको लागि छुट्याएको १,८०,००० कित्ता साधारण शेयरहरुको सार्वजनिक निष्काशन गर्ने कार्यकालागि एनएमबि क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

सो नियुक्ति सम्बन्धी सम्झौता मंगलवार निष्काशन तथा बिक्री प्रवन्धकको कार्यालयमा सम्पन्न भएको हो। संझौतामा नेपाल सेवा लघुवित्त वित्तीय संस्थाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिव कुमार मल्ल तथा निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले हस्ताक्षर गरेका हुन्  ।

उक्त हस्ताक्षर कार्यक्रममा नेपाल सेवा लघुवित्त वित्तीय संस्थाका वरिष्ठ प्रवन्धक  सुविन काजी श्रेष्ठ र एनएमबि क्यापिटल लिमिटेडका प्रमुख सञ्चालन अधिकृत  कमल प्रसाद नेपालको समेत उपस्थिति रहेको थियो । २०७१ मंसिर ८ गते सिन्धुपाल्चोक जिल्लाको फटकसिलाबाट कारोवार सञ्चालन गरेको यस वित्तीय संस्थाको हाल अधिकृत पूँजी रु. १० करोड र जारी पूँजी रु. ६ करोड रहेकोमा संस्थापकबाट ४ करोड २० लाख चुक्ता हुने तयारीमा रहेको छ भने सर्वसाधारणलाई रु. १ करोड ८० लाखको शेयर निष्काशन पश्चात चुक्ता पूँजी रु. ६ करोड पुग्नेछ ।

हाल वित्तीय संस्थाको सिन्धुपाल्चोक, रसुवा र नुवाकोट गरी ३ जिल्ला कार्यक्षेत्र रहेको छ र हालसम्म ८ वटा शाखा कार्यालय मार्फत रु. २१ करोड भन्दा बढी कर्जा लगानी गरिसकेको छ । त्यसैगरी यस वित्तीय संस्थाले हालसम्म ४,७०० जना सदस्यहरुलाई लघुर्जाको सेवा प्रदान गरेको छ । चालु आर्थिक वर्षको चैत्र मसान्तभित्रमा नै शेयर जारी गरीसक्ने वित्तीय संस्थाले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved