सकियो सनराइजको लिलामीको सेयर बोलपत्र खोल्ने काम, कट अफ मूल्य कति ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 10, 2017 | 06:43:20 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंकको लिलामीको सेयरको बोलपत्र खोल्ने काम बल्ल सकिएको छ।  २८२ रुपैयाँ १० पैसा कबुलेर लिलाम हाल्ने सबै योग्य आबेदनले  सनराइज बैंकको लिलामको सेयर प्राप्त गरेका छन। अर्थात कट अफ मुल्य २८२ रुपैयाँ १० पैसा तय भएको सनराइज क्यापिटलले जनाएको छ। 

सनराइज बैकले लिलामको राखेको कुल ७ लाख १० हजार ७४३ कित्ता सेयरमा ११ हजार २०५ आबेदन परेको थियो। लिलाममा राखेको सेयरमा परेको बोलपत्रले यस अघि कायम गरेको कृषि बिकास बैंकको रेकर्ड समेत तोडेको छ। कृषि विकास बैंकले लिलाममा राखेको सेयरमा ९ हजार २२१ जनाले आवेदन दिएका थिए। 

बिक्रि प्रबन्धक सनराइज क्यापिटलका अनुसार लिलाममा राखेको साधारण तर्फको सेयरमा ११ हजार ३३१ र संस्थापक तर्फ ६२ वटा आबेदन परेको छ। जसमा प्राप्त बोलपत्र मध्ये १२६ वटा आबेदन रद्द भएका छन।

क्यापिटलका अनुसार लिलामीको सेयरमा अधिकांसले प्रतिकित्ता २५० रुपैयाँ भन्दा तलको मुल्य कबुलेका छन। केहि लगानीकर्ताले ३०० रुपैयाँ भन्दा माथिको मुल्यमा कबुलेका छन। त्यस्तै एक लगानीकर्ताले बजारमा प्रति कित्ता ३१३ रुपैयाँमा कारोबार भईरहेको सेयरमा प्रति कित्ता ४०० रुपैयाँसम्म पनि बोलकबोल गरेका छन। 

हकप्रद र लिलाममा सेयर सकार्नेले समेत पाउने गरि गत आर्थिक बर्षको कमाईबाट १५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेकाले पनि लिलामको सेयरमा अत्यधिक आबेदन परेको सेयर पण्डितहरुको भनाई छ। त्यस्तै केहि साता अघि मात्र एभरेष्ट बैंकको लिलामको सेयरमा देखिएको अवस्थाले समेत सनराइज बैंकको लिलामको सेयरमा आबेदन दिनेको संख्या उल्लेख्य बढेको विश्लेषण गरिएको छ।   

हकप्रद बिक्रि तथा वितरण पश्चात सनराइज बैंकको चुक्ता पुंजी ७ अर्ब ८ करोड पुग्नेछ। हाल बैंकको चुक्ता पुंजी ५ अर्ब ४५ करोड छ। बैंकले १५ प्रतिशत बोनस सेयर वितरण गरेपश्चात चुक्ता पुंजी ८ अर्ब १५ करोड पुग्नेछ। गत आर्थिक बर्ष बैंकले १ अर्ब १८ करोड खुद मुनाफा आर्जन गरेको थियो। 

यो पनि:

सनराइजको शेयर लिलामीमा तोडियो कृषि बिकास बैंकको रेकर्ड, अहिलेसम्मकै उच्च आबेदन

  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved