नेप्सेका नवनियुक्त सीईओ साउदद्वारा पदभार ग्रहण, पुंजीबजारको विकासमा जुट्ने प्रतिबद्धता

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 11, 2017 | 05:52:21 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज, नेप्सेका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले पदभार ग्रहण गरेका छन। साउदले नेप्से संचालक समितिका अध्यक्ष लक्षमण न्यौपानेबाट असोज २५ गते बुधबार पद तथा गोपनीयताको शपथ ग्रहण गरि कार्यारम्भ गरेका हुन। 

पदभार ग्रहण गर्दै साउदले पुंजीबजारसंग सम्बन्धि सबै सरोकारवालाहरुसंगको सहकार्यमा पुंजीबजारको बिकास तथा बिस्तारमा जुट्ने प्रतिबद्दता जनाएका छन। 

साउदले नेप्सेमा कार्यरत कर्मचारीहरुसंगको परिचयात्मक कार्यक्रममा आफुले नियमन निकाय धितोपत्र बोर्ड, पुंजीबजारसंग सम्बन्धि सम्पूर्ण सरोकारवालाहरुसंगको सहकार्यमा आवश्यकता अनुसार पुंजीबजारको बिकासका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरे। साउदलाई असोज २३ गते बसेको मन्त्रिपरिषद्को बैठकले आगामी चार बर्ष कार्यकालका लागि नेप्सेको प्रमुख कर्यकारी अधिकृतमा नियुक्त गरेको हो।  



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved