नेप्से प्रमुख साउदलाई इन्भेष्टर्स फोरमका ५ सुझाव, प्राथमिकतामा बैंकलाई ब्रोकर लाइसेन्स

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 11, 2017 | 06:16:23 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्भेष्टर्स फोरम कार्यसमितिका पदाधिकारीले आज मात्र पदभार ग्रहण गरेका नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदलाइ भेटेर बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ । 

बधाई तथा शुभकामना दिन नेप्सेको कार्यालय पुगेका फोरम कार्यसमितिका पदाधिकारीले बिगतमा थाँती रहेका बिभिन्न महत्त्वपूर्ण कामहरु यथाशिघ्र सम्पन्न गर्न नेप्सेका नवनियुक्त सीईओ साउदको ध्यानाकर्षण गरेको छ। 

इन्भेष्टर्स फोरमका अध्यक्ष अम्बिका प्रसाद पौडेल, उपाध्यक्ष छोटेलाल रौनियार लगायतका कार्यसमितिका पदाधिकारीले निम्न पांच कार्य तत्काल सम्पन्न गर्न सीईओ साउदको ध्यानाकर्षण गरेको हो। 

१.निर्धारित समयमा नै अनलाइन ट्रेडिङ लागू गर्ने 

२. बैंक तथा वित्तीय संस्थालाई ब्रोकर लाइसेन्स प्रदान गरि सबै स्थानीय निकायहरुबाट सहज सेयर कारोबार गर्ने वातावरण तयार गर्ने 

३.ब्रोकरको कार्य क्षेत्र बिस्तार गर्ने 

४.अक्सन तथा हकप्रद शेयरलाई तत्कालै आस्वा प्रणालीमा आबद्द गरि नेपालभरिका सम्पूर्ण लगानीकर्ता सहज किसिमले सहभागी हुने व्यवस्था गर्ने 

५.बजार निर्माता र डिलरसिपको कार्य तत्काल अगाढी बढाउने

  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved