गुहेश्वरी मर्चेन्ट बैंकिंग एण्ड फाइनान्सको हकप्रद बिक्रि खुला, कहाँबाट दिने आबेदन ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 12, 2017 | 07:52:09 AM मा प्रकाशित

laxmi  sunrise bank

गुहेश्वरी मर्चेन्ट बैंकिंग एण्ड फाइनान्स लिमिटेडको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन हो। फाइनान्सले हकप्रद निष्काशन गर्ने प्रयोजनार्थ असोज २७ गते सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने निर्णय गरेकाले असोज २६ सम्म कायम सेयरधनीहरुले मात्र हकप्रद भर्न पाउनेछन। 

फाइनान्सले १० बराबर ४ कित्ता सेयर अर्थात ४० प्रतिशतका दरले १९ लाख ७३ हजार ९ सय २८ दशमलव ७७ कित्ता हकप्रद बिक्रि गर्दैछ। ४० प्रतिशत हकप्रद बिक्रि तथा वितरण पश्चात फाइनान्सको चुक्ता पुंजी ६९ करोड १० लाख पुग्ने छ । हाल कम्पनीको चुक्ता पुंजी ४९ करोड ३४ लाख रहेको छ ।

राष्ट्र बैंकको निर्देशन अनुसार राष्ट्रिय स्तरको फाइनान्सले ०७४ असारसम्म चुक्ता पुंजी ८० करोड पुर्याउनु पर्ने छ । कम्पनीले गत आर्थिक बर्षमा १२ करोड ९२ लाख खुद नाफा कमाएको थियो  ।        

हकप्रद निष्काशन कात्तिक १२ देखि मङ्सिर १८ सम्म 

फाइनान्सले ४० प्रतिशतका दरले कात्तिक १२ देखि मङ्सिर १८ सम्म हकप्रद बिक्रि गर्दैछ। असोज २६ सम्म कायम सेयरधनिहरुले बिक्रि प्रबन्धक एनआईबिएल क्यापिटल मार्केट्सको कार्यालय लाजिम्पाट, गुहेश्वरी मर्चेन्ट बैंकिंग एण्ड फाइनान्सको सम्पूर्ण शाखा कार्यालयहरु , र नेपाल इन्भेस्टमेन्ट बैंकको शाखाहरु चिप्लेढुंगा पोखरा, विराटनगर, नारायणगढ, नेपालगंज र धनगढीबाट आवेदन दिन सक्ने छन् ।    


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved