नेपाल स्टक एक्चेन्ज नेप्सेमा सिनर्जी फाइनान्सको कारोबार रोक्का भएको छ । सिनर्जीलाई बेस्ट फाइनान्सले गाभ्ने प्रक्रिया अघि बढाएपछि फाइनान्सको कारोबार रोक्का भएको नेप्सेले जनाएको छ ।
बेस्ट फाइनान्स साविकको जनरल फाइनान्स कम्पनी हो । कम्पनीको जेष्ठ १० गते भएको साधारणसभाले कम्पनीको नाम जनरल फाइनान्सबाट बेस्ट फाइनान्समा परिवर्तन गर्ने निर्णय गरेको थियो ।
बेस्ट फाइनान्सले भदौ २७ गतेदेखि १२५ प्रतिशत हकप्रद निष्काशन गरिरहेको छ । हाल बेस्ट फाइनान्सको चुक्ता पुंजी १३ करोड २२ लाख छ । १२५ प्रतिशत हकप्रद निष्काशन पश्चात कम्पनीको चुक्ता पुंजी २९ करोड ७५ लाख पुग्ने छ । बेस्ट फाइनान्सले गत आर्थिक बर्षमा २ लाख ८६ लाख खुद नाफा गरेको थियो ।
त्यस्तै हाल सिनर्जीको चुक्ता पुंजी ४७ करोड ४४ लाख रहेको छ । ७० प्रतिशत हकप्रद पश्चात कम्पनीको चुक्ता पुंजी ८० करोड ६४ लाख पुग्ने छ । कम्पनीले गत आर्थिक बर्ष १८ करोड ११ लाख खुद नाफा कमाएको थियो ।