रिलायन्स फाइनान्सले पायो हकप्रद निष्काशनको अनुमति, चुक्ता पुंजी ७४ करोड पुग्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 12, 2017 | 12:40:19 PM मा प्रकाशित

laxmi  sunrise bank

रिलायन्स फाइनान्स लिमिटेडले हकप्रद निष्काशनको अनुमति पाएको छ  । नेपाल धितोपत्र बोर्डले फाइनान्सलाई ४५ प्रतिशत हकप्रद निष्काशनको अनुमति दिएको हो  । 

अब फाइनान्सले २३ करोड ६ लाख बराबरको सय रुपियाँ अंकित २३ लाख ६ हजार ५ सय ७१ दशमलव ६० कित्ता हकप्रद निष्काशन गर्ने छ  । हकप्रद निष्काशनको लागि सनराइज क्यापिटल लिमिटेड बिक्रि प्रबन्धक रहेको छ  । 

हाल कम्पनीको चुक्ता पुंजी ५१ करोड २५ लाख रहेकोमा ४५ प्रतिशत हकप्रद निष्काशनपछि चुक्ता पुंजी ७४ करोड ३२ लाख पुग्ने छ  ।  

कम्पनीले गत आर्थिक बर्ष २ करोड ५० लाख खुद नाफा कमाएको थियो  ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved